असई सुब्बाको हत्यामा संलग्नको खोजी तीव्र

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 
 
पुस २१, २०७२- सप्तरीका प्रहरी सहायक निरीक्षक(असई) रमेश सुब्बाको हत्यामा संलग्न भएकाहरुको खोजी कार्य तीव्र पारिएको छ । सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरिक्षक भिमप्रसाद ढकालसहित अन्य सुरक्षा निकायका अधिकारीहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरि असई हत्यामा संलग्न भएकाहरुको खोजी तीव्र पारिएको हो ।


सप्तरीको नर्घो गाविस ६ झौहरास्थित नहरको कल्भर्टमा सोमबार साँझ पौने ६ बजे असई सुब्बामाथि मोटरसाईकलमा आएका दुईजना हतियारधारीले गोली प्रहार गरी हत्या गरेका थिए । उक्त हत्याको जिम्मेवारी सशस्त्र समूह अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोईतले लिएका थिए । तर, घटनास्थलमा उक्त मोर्चाको कुनै किसिमको सबुत प्रमाण तथा पर्चा–पम्पलेट फेला नपरेकाले अपराधिक समूहको संलग्न भएको हुनसक्ने सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकालले बताए ।
सुब्बाको झुट्की प्रहरी चौकीबाट सदरमुकाम सरुवा भइसकेको थियो । उनी आज मंगलबारबाट सदरमुकाम सर्ने तयारीमा थिए ।


सुब्बाको हत्या भएको स्थल नजिकैबाट प्रहरीले दुई थान ७ दशमलव ६ एमएमको चाईनिज पेस्तोलको खोका बरामद गरेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment