नेपालकी सुन्दरीले जितिन् बेलायती मोडल प्रतियोगिताको भोटिङ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


 prasuna kadel
लण्डन । नेपालकी प्रशुना कँडेल बेलायतमा प्रतिष्ठित फेशन तथा मोडेलिङ प्रतियोगिता रुल दि रनवे यूकेको महिलातर्फ़ फोटो प्रतियोगिताको बिजेता बनेकी छिन् ।

संसारभरका मोडल तथा डिजाइनरहरुका लागि प्लेटफार्म प्रदान गर्ने रुल दि रनवे यूकेले आयोजना गरेको प्रतियोगितामा कँडेल अनलाईन भोटिङमार्फत् सो विधामा प्रथम भएकी हुन् ।
सोमबार भोटिङ लाइन बन्द गरेपछि आयोजकले बिजेताहरु घोषणा गरेको थियो । प्रशुनाले अनलाइन मतदानमा ४२ हजार बढि मत पाएकी थिइन् । उनका प्रतिद्धन्द्धी ज्यस्मीन स्टिरले उनले भन्दा आधा थोरै मत मात्र पाएकी थियिन । सोही विधामा पुरुषतर्फ़ भने एन्टोन नोबल १० हजार भन्दाबढि मतले प्रथम भए।

बिजेता कँडेलले अनलाइन खबरसँगको कुराकानीमा आफुलाई जिताउन सहयोग गर्ने सबै नेपाली हरुलाई धन्यवाद दिदै भनिन-आउने दिनहरुमा सँधै राम्रो काम गरेर देशको शिर उचो राख्ने कोशिस गर्नेछु।

आउँदो फेब्रुअरी महिनाको २७ तारिखमा बर्मिङ्घमको क्रेसेंट थिएटरमा अयोजना हुने फाइनलका लागि समेत प्रसुनाले ३ नम्बर क्रेडिट प्राप्त गरेकी छिन्।  उनलाई यो विधाको बिजेता ट्रफी पनि सोही कार्यक्रममा प्रदान गरिनेछ ।

नर्सिङ  पेशामा अबद्द उनी नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष पनि हुन् । पछिल्लो समय समाजसेवामा उनको संलग्नता बढेको छ । भूकम्पलगत्तै उनकै संयोजनमा नेपाली नर्सहरुको टोली सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा संलग्न भएको थियो ।

उनले यसअघि पनि बेलायतका विभिन्न मोडलिङ प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । उनले गत वर्ष आयोजित अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्डदेखि सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड समेत हाँसिल गरिसकेकी छिन्  । यूकेका विभिन्न वेबसाइट तथा म्यागजिनका लागि फोटोसुट गरिरहने उनले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह-नायिकाको भूमिका समेत गरेकी थिइन् ।
लण्डन । नेपालकी प्रशुना कँडेल बेलायतमा प्रतिष्ठित फेशन तथा मोडेलिङ प्रतियोगिता ‘रुल दि रनवे यूके’को महिलातर्फ़ फोटो प्रतियोगिताको बिजेता बनेकी छिन् ।
संसारभरका मोडल तथा डिजाइनरहरुका लागि प्लेटफार्म प्रदान गर्ने रुल दि रनवे यूकेले आयोजना गरेको प्रतियोगितामा कँडेल अनलाईन भोटिङमार्फत् सो विधामा प्रथम भएकी हुन् ।
सोमबार भोटिङ लाइन बन्द गरेपछि आयोजकले बिजेताहरु घोषणा गरेको थियो । प्रशुनाले अनलाइन मतदानमा ४२ हजार बढि मत पाएकी थिइन् । उनका प्रतिद्धन्द्धी ज्यस्मीन स्टिरले उनले भन्दा आधा थोरै मत मात्र पाएकी थियिन । सोही विधामा पुरुषतर्फ़ भने एन्टोन नोबल १० हजार भन्दाबढि मतले प्रथम भए।
बिजेता कँडेलले अनलाइन खबरसँगको कुराकानीमा आफुलाई जिताउन सहयोग गर्ने सबै नेपाली हरुलाई धन्यवाद दिदै भनिन-“आउने दिनहरुमा सँधै राम्रो काम गरेर देशको शिर उचो राख्ने कोशिस गर्नेछु।”
आउँदो फेब्रुअरी महिनाको २७ तारिखमा बर्मिङ्घमको क्रेसेंट थिएटरमा अयोजना हुने फाइनलका लागि समेत प्रसुनाले ३ नम्बर क्रेडिट प्राप्त गरेकी छिन्।  उनलाई यो विधाको बिजेता ट्रफी पनि सोही कार्यक्रममा प्रदान गरिनेछ ।
नर्सिङ  पेशामा अबद्द उनी नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष पनि हुन् । पछिल्लो समय समाजसेवामा उनको संलग्नता बढेको छ । भूकम्पलगत्तै उनकै संयोजनमा नेपाली नर्सहरुको टोली सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा संलग्न भएको थियो ।
उनले यसअघि पनि बेलायतका विभिन्न मोडलिङ प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । उनले गत वर्ष आयोजित अन्तर्राष्ट्रिय एफ्रो मोडल अवार्डदेखि सन् २०१२ मा सम्पन्न फेस अफ प्यूरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड समेत हाँसिल गरिसकेकी छिन्  । यूकेका विभिन्न वेबसाइट तथा म्यागजिनका लागि फोटोसुट गरिरहने उनले बेलायतमा निर्मित नेपाली चलचित्र ‘यू टर्न’मा सह-नायिकाको भूमिका समेत गरेकी थिइन् ।
- See more at: http://www.onlinekhabar.com/2016/01/371105/#sthash.qxXpMTWV.r3Z0m8Ac.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment