सवै नगरपालिका र गाविसमा हेलिप्याड निर्माण गरिने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 
सरकारले देशभर आपत्कालिन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने भएको छ। मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले तत्काल देशभरका सवै नगरपालिका र गाउँपालिकामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको शान्तिमन्त्री एकथान ढकालले जानकारी दिए। 
 
यसैगरी बैठकले पुनर्निर्माण प्राधिकरण अन्तर्रगतको प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय परामर्श समिति र निर्देशक समितिलाई पूर्णता दिइएको मन्त्री ढकालले वताए। 
 
प्रधामन्त्री अध्यक्ष रहने राष्ट्रिय परामर्श समितिमा प्रमुख प्रतिपक्षी दलको नेता उपाध्यक्ष रहने व्यवस्था छ। समितिमा मन्त्रीहरुका तर्फबाट उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनाली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी, भूमिसुधार मन्त्री रामकुमार सुब्बा र स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई नियुक्त गरिएको मन्त्री ढकालले बताए । यसैगरी सोे समितिमा भूकम्प प्रभावित १४ जिल्लाका १४ जना सांसदहरु पनि  सदस्य रहनेछन्। 
 
 बैठकले प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विज्ञ सदस्यमा तारानिधि भट्टराई र किशोर थापालाई नियुक्त गरेको छ। एक सदस्य भने पछि नियुक्ति गरिने मन्त्री ढकालले बताए। निर्देशक समितिमा भने प्रतिपक्षी दलले सिफारिस गर्ने सांसद नै उपाध्यक्ष रहने व्यवस्था छ। तर सिफारिस गर्दा उपप्रधानमन्त्री भइसकेको व्यक्ति हुनु पर्ने मापदण्ड छ।
 
यसैगरी प्राधिकरणकै सिईओ अध्यक्ष रहने कार्यकारिणी समितिमा डा चन्द्रबहादुर श्रेष्ठ, ध्रुवप्रसाद शर्मा र विष्णुबहादुर भण्डारीलाई नियुक्त गरिएको छ।   यसैगरी मन्त्रिपरिषदको आर्थिक पुनःउद्धार कोष २०७२ गठन गरेको छ। कोषवाट भूकम्प प्रभावित क्षेत्रमा कामका लागि सहुलियत ब्याजमा ऋण उपलब्ध गराइनेछ। 
 
यसैगरी बैठकले नेपाली सेनाका रथी, उपरथी र महासेनानीको वढुवा तथा पदस्थापन गरेको मन्त्री ढकालले जानकारी दिए। 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment