संघर्षबारे पुस्तक लेख्ने सोचमा कंगना

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

माघ ३, २०७२- बलिउड नायिका कंगना रनावतको जीवनी आफैंमा फिल्मभन्दा कम रोचक छैन । पछिल्लो समय त बलिउडमा कसैको जीवनीमा आधारित बायो–पिक बनाउने ट्रेन्ड नै चलिरहेको छ ।
हिमाञ्चल प्रदेशको एउटा साधारण भामब्ला बस्तीबाट संघर्ष गर्दै बलिउड छिरेकी २८ वर्षीया कंगना यति बेला बलिउडकी ‘क्विन’ हुन् । कुनै पुरुष हिरोबिना नै उनको मुख्य भूमिका रहेका फिल्मले बक्सअफिसमा एक सय करोड क्लबमा प्रवेश पाउँछन् ।
आफ्नो धरातल र संघर्षबारे खुलेर बोल्न नहिच्किचाउने कंगना स्पष्ट वक्ता पनि हुन् । अंग्रेजीमा कमजोर भएकै कारण सहकर्मीबाटै उपहास खेप्ने गरेको र अवार्ड समारोहमा आफूलाई पाखा पारिने गरेको जिकिर गर्दै आउने कंगना आफ्नै बलबुताले यति बेला शक्तिशाली नायिकामा उभिएकी छन् । अचेल बल्ल उनका कुराहरू मिडियामा पनि बिक्न थालेका छन् भने आफ्नो अभिनय शैलीबाट धेरै दर्शक, फ्यान पनि जम्मा पारेकी छन् ।
यति बेला कंगनाले आफ्ना संघर्षका कथालाई दस्तावेज गर्न चाहेको बताएकी छन् । पुस्तक लेखनमार्फत् उनले फिल्म उद्योगमा छिर्नुअघिका संघर्ष र छिरेपछि अहिलेसम्म खेपिरहेका संघर्षका कथालाई समेट्न चाहेको खुलासा गरेकी छन् ।
‘मेरा असफलतामा मैले भोगेका र सामना गरेको तौरतरिका एकदमै भारी छ । त्यसैले पनि मैले यसबारेमा एउटा पुस्तक लेख्न चाहिरहेकी हुँ,’ कंगनाले हालै उक्त कुराको खुलासा गर्दै भनेकी छन्, ‘सफलताले मान्छेलाई कहिल्यै पनि केही सिकाउँदैन ।’
उनले एक पत्रकारको पुस्तक सार्वजनिक गर्ने दौरान आफूले पनि पुस्तक लेख्न चाहेको बताएकी हुन् । ‘दस वर्षदेखिको मेरो संघर्षले यति बेला मलाई मान्छे बनाएको छ । अरू मान्छेहरू मलाई उत्तिकै सहतमा मात्रै सफल भएकी पनि सोच्दा हुन् । तर म निजी रूपमा पनि यति बेला सफल हुँ । किनभने मलाई अब असफलतामा पनि परिस्थितिलाई कसरी सामना गरेर अघि बढ्ने भन्नेमा आत्मबल प्रशस्त छ,’ कंगनाले आफूलाई अब कुनै पनि असफलताको त्रास नरहेको पनि जिकिर गरेकी छन् ।
‘दस वर्षदेखिको अपमान, अस्वीकार, हरेस खुवाउने प्रवृत्तिले संसारले मेरा बारेमा के सोच्दो रहेछ भन्ने थाहा पाएँ । उनीहरू मलाई सधैं लुजर ठान्थे तर मैले आफूलाई कहिल्यै लुजर ठानिनँ,’ हकी स्वभावकी कंगनाले १६ वर्षको उमेरमा घरमा विद्रोह गरी मोडलिङ/एक्टिङको क्षेत्रमा आफूलाई सक्रिय बनाएकी थिइन् । अभिभावक भने उनलाई डाक्टर बनाउन चाहन्थे ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment