भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
माघ ४, २०७२- तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मधेशी मोर्चाका अग्रज नेता महन्थ ठाकुर स्वास्थ्य उपचार क्रममा मेदान्त अस्पतालमा भर्ना भएका छन् ।
अस्पतालको कार्डियोलोजी सेक्सन अन्तर्गत भर्ना गरिएका नेता ठाकुरको मंगलबार एमआरआइ, सिटी स्क्यानसहितका परीक्षण हुने भएको छ । देब्रे घुाडामा समस्या देखिएर आवश्यक परेमा अपरेसनका लागि आएका ठाकुरको उपचार प्रकृया र स्थितीका बारे प्रारम्भिक सबै प्रकारको परीक्षणपछि मात्रै केही भन्न सकिने उनको उपचारमा सहयोगी रहेका डा.कार्तिकेश ठाकुरले बताए ।
नेता ठाकुरको स्वास्थ्य स्थितिबारे जानकारी लिन सोमबार नेपाली दुतावासका पदाधिकारी पनि मेदान्त अस्पताल पुगेका थिए ।
0 comments:
Post a Comment