भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा राजधानीको भृकुटीमण्डपमा भईरहेको पाँचौं बिगसेल मेला एवं फुटवयेर एक्सपोमा उपभोक्ताको आकर्षण बढेको छ ।
सुरुवाती दिनभन्दा पछिल्ला दिनहरुमा मेलामा उपभोक्ताहरुको आगमन निकै बढेको छ । पौष १७ गतेदेखि शुरु गरिएको मेला सिमित अवधिको लागि भनिए पनि उपभोक्ताका जिज्ञासा र चाहनालाई ध्यानमा राखि माघ ११ गतेसम्म चल्ने आयोजक नेपाली जुत्ता घरले जनाएको छ ।
मेलामा हालसम्म करिव ८२ हजार उपभोक्ताले अवलोकन गरेका छन् भने करिब २० हजार जोर जुत्ता चप्पल बिक्रि भएका छन् । मेलामा आम उपभोक्ताको पहुँच पुग्न सक्ने मूल्य भएको हुँदा पनि उपभोक्ताहरुको भिड बढेको नेपाली जुत्ताघरका अध्यक्ष रामकृष्ण प्रसाईंले बताए ।
‘तीन दिन यता थामिनसक्नु नै भीड देखिएको छ’ अध्यक्ष प्रसाईंले भने- हामीले अपेक्षा गरेभन्दा निकै ठूलो संख्यामा उपभोक्ता आएका छन्, नेपाली जुत्ताप्रतिको आर्कषण देखेर हामी उत्साहित छौं ।’
बर्षको शुरुवातमा आएको महाभुकम्प र त्यसपछिको नाकाबन्दीका असरले बजारीकरण तथा विक्रि वितरणमा प्रत्यक्ष असर परे पनि नेपाली जुत्ता तथा चप्पल प्रतिको उपभोक्ताको विश्वासकै कारण मेलामा दिनानुदिन उपभोक्ताको संख्या बढ्दो रहेको उनले बताए ।
बिग सेल मेलामा बी.एफ.डियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस्, सु ल्याण्ड, इजी शुज र फुटल्याण्ड ब्राण्डको सहभागिता छ ।
मेलामा जाडो यामलाई लक्षित गरी ल्याइएका कम्पनीका जुत्ताहरुमा भ्ाारी छुट उपलब्ध गराइएको सहभागी कम्पनीहरुले जनाएका छन् । मेलामा १०० रुपैयाँदेखि १० हजारसम्मका जुत्ता तथा चप्पलहरु उपभोक्ताले खरिद गर्न सक्नेछन् । सहभागी कम्पनीहरुले आफ्नो उत्पादनमा १५ देखि ७५ प्रतिशतसम्म छुट दिएका छन्
0 comments:
Post a Comment