पानीमाथि दौडिन सक्छन् यी व्यक्ति (भिडियो सहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Runing-at-water
पानीमा पौडिने तथा तैरिने त धेरै मानिस देखिएको छ । तर के तपाइँले कोही मानिस पानी माथि दौडिएको देख्नुभएको छ ? सायद छैन होला । पानीमा दौडिने भन्ने कुरा असम्भव नै हुन्छ । तर बेलायतका एक युवकले हालै यो असम्भवलाई सम्भव तुल्याउँदै पानीमाथि दौडिएर सबैभन्दा तिनछक पारेका छन् ।
बेलायतको नर्थबरल्याण्ड निवासी २७ वर्षका स्कट क्रस्बीले लण्डनमा हालै यस्तो चटक देखाएका छन् । पेशाले जादूगर क्रस्बी हालै १२५ मिटर लामो पौडी पोखरीको पानीमाथि दौडिए ।

भिडियो हेर्नुहोस्


उनी पानीमाथि मज्जाले दौडिएपछि हेर्ने मानिसले अचम्म पर्दै जिब्रो टोक्नु स्वभाविकै हो । कतिपयले अर्को पोखरीमा गएर यस्तै पानीमाथि हिँड्ने प्रयास पनि गरे होलान् र नसकेपछि क्रस्बीलाई साँच्चीकै जादुमयी युवक ठाने होलान् । तर आखिर जादु त हो । क्रस्बीले पानीमा हिँड्ने पनि जादु नै देखाइरहेका थिए । वास्तवमा उनले हेर्नेहरुलाई मुर्ख बनाइरहेका थिए ।
पानीमा त्यसरी हिड्नु असम्भव नै हुन्छ । त्यसैले त्यहाँ विशेष विधिको प्रयोग गरिएको थियो । उक्त पोखरीको पानीमा मोलोफ्लेक्स पोलिस्टरको निकै पातलो झिल्ली पानीको सतहमा राखिएको थियो । त्यो झिल्ली बाहिरबाट देखिँदैनथ्यो तर मानिसले कुल्चिएर कुँद्दा पनि च्यातिने र डुब्ने जोखिम हुँदैनथ्यो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment