रंगेली घटना छानविन गर्न सांसद मण्डलको नेतृत्वमा समिति गठन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Shiba-Kumar-Mandal,-Morang


८ माघ, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्ब पक्षीय बैठकले रंगेली घटना छानविन गर्न छानविन समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको बैठकले एमाओवादी सांसद शिवकुमार मण्डलको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । 
मण्डल मोरङ क्षेत्रनम्बर चारका सांसद हुन् । बिहीबार रंगेलीमा प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको थियो । रंगेली पनि क्षेत्रनम्बर चार मै पर्दछ ।
छानविन समितिमा नेपाली कांग्रेसका मोरङ जिल्ला सचिव यदु विष्ट, नेकपा एमाले मोरङका जिल्ला अध्यक्ष महेश रेग्मी, नेपाल पत्रकार महासंघका मोरङ जिल्ला अध्यक्ष महेन्द्र विष्ट, अन्य दलका प्रतिनिधि, मानव अधिकारकर्मी, उद्योगी व्यवसायी लगायत छन् ।
बैठकले आइन्दा यस्ता घटना दोहोरिन नदिने र संयमितरुपमा गतिविधि गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको आह्वानमा बसेको बैठक मधेसी मोर्चाले भने बहिस्कार गरेको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment