उच्च पदस्थ ६३ जना माथि अख्तियारको छानबिन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Akhtiyar
१३ माघ, काठमाडौं । अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला ६३ उच्च पदस्थ कर्मचारीमाथि छानबिन थालेको छ ।
नेपाल सरकारका ६ सचिवसहित विशिष्ट श्रेणीका १५ जना, सात महानिर्देशकसहित प्रथम श्रेणीका २० जना र द्वितीय श्रेणीका २८ जना उच्च पदस्थ कर्मचारीले अकुत सम्पत्ति कमाएको आरोपमा छानबिन थालिएको नयाँपत्रिका दैनिकमा समाचार छ ।
एकैपटक यति ठूलो संख्यामा बहालवाला कर्मचारीमाथि अख्तियारले छानबिन थालेको यो पहिलोपटक हो ।
सबैको बैंक खाता रोक्का
अख्तियारले छानबिनमा परेका सबै कर्मचारीको बैंक खाता तथा लकर रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार अख्तियारको पत्रपछि देशभरका बैंक, फाइनान्स कम्पनी तथा सहकारीमा रहेका सबै खाता र लकर रोक्का गरिएको र गर्ने क्रम जारी रहेको छ ।
Akhtiyar ko chhanbin
छानबिनमा परेका सबैले  बुझाए तीनपुस्ते विवरण
अख्तियारले यी सबै ६३ जना कर्मचारीलाई झन्डै एक महिनाअघि अकुत सम्पत्ति कमाएको आरोपमा छानबिनको निर्णय गरेको थियो । निर्णयसँगै अख्तियारले सबैलाई तीनपुस्ते सम्पत्ति विवरण बुझाउन पत्र पठाएको स्रोतले बतायो ।
अधिकांश उच्च पदस्थ अधिकारीले विवरण बुझाइसकेको स्रोतको भनाइ छ । अख्तियारको पत्र बुझेका केही उच्च प्रशासकले अकुत सम्पत्तिमा आफूमाथि छानबिन थालिएको भन्दै आफन्त तथा निकटका व्यक्तिलाई आवश्यक परे सहयोग गर्न आग्रह गरिसकेका छन् । तर, अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले उच्च पदस्थ कर्मचारीको अकुत सम्पत्ति छानबिनबारे आफूलाई जानकारी नभएको बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment