पाठ्यक्रममै तेल-मालिस परम्परा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

१३ माघ, काठमाडौं । नवजात शिशुलाई तेल-मालिस गर्ने नेवार समुदायको परम्परागत शैली अब पाठ्यक्रममा समेटिने भएको छ।

Baby Oil Massage
काठमाडौं विश्वविद्यालय (केयु) स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गतको प्रस्तावित व्याचलर अफ नर्सिङ (मिडवाइफरी) को पाठ्यक्रममा ‘बेबी-मसाज’ समावेश गर्न लागिएको समाचार नागरिक दैनिकले छापेको छ ।
नेवार समुदायमा हजुरआमाबाट आमा हुँदै पछिल्लो पुस्तासम्म आइपुगेको परम्परागत तेल-मालिसको तरिका पहिलोपटक केयुले पाठ्यक्रममै समावेश गर्न लागेको मेडिकल साइन्सेजका सहायक डिन डा. राजेन्द्र कोजूले जानकारी दिए ।
‘बेबी मसाजबारे युरोप र नेपालमा थुप्रै प्रामाणिक अनुसन्धान भएका छन् । यसलाई पहिले विषयगत समितिले पारित गर्छ । एकेडेमिक काउन्सिलबाट स्वीकृत भएपछि केयुको आफ्नै मेडिकल स्कुलमा लागू हुन्छ’, उनले भने ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment