कोरियाबाट फर्केका कामदारलाई फेरि लैजाने प्रक्रिया सुरु

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

१२ माघ, काठमाडाैं । कोरियाली भाषा परीक्षा पास गरी कोरियामा काम गरेर फर्किएका युवालाई फेरि लैजाने प्रक्रिया सुरु भएकोे छ । १२ औं लटमा पुनः कोरिया फर्किने युवाको छनौट प्रक्रिया अघि बढेको हो ।
वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले इपीएसमार्फत कोरियामा काम गरी फर्किएका अनुभवी कामदारलाई फेरि लैजान लागेको छ ।
शाखाले कोरिया भाषा विशेष कम्प्युटराज्ड अनलाइनमा आधारित परीक्षाका लागि आवेदन माग गरेकाे छ । ३ वर्ष कोरियामा काम गरी वैधानिक रुपमा र्फकका युवालेृ मात्रै आवेदन भर्न सक्ने शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए ।
सन् २०१० जनवरी १ देखि भिसा सकिएर नेपाल आएका युवाले आवेदन दिन सक्ने शाखाले जनाएको छ । फेरि कोरिया जान १८ वर्ष पुरा गरेर ३९ वर्ष ननाघेको हुनुपर्नेछ ।
यस्तै फौजदारी अभियोगमा जेल नबसेको, कोरियामा गैरकानुनी रुपमा नबसेकाले आवेदन दिन सक्ने सूचनामा उल्ले्ख छ । माघ २० गतेदेखि २२ गतेसम्म  आदेदन दर्ता गर्न सकिने शाखाले जनाएको छ । फागुन १३ गते हुने परीक्षाको नतिजा चैत्र ११ सार्वजनिक हुने सूचनामा जनाइएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment