मोदीको अंकमालमा ‘चाकडी झल्किएको’ भन्दै आलोचना

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Modi-Francois-hollande
१२ माघ, काठमाडौं । भारतको भ्रमणमा आएका फ्रान्सका राष्ट्रपति फ्रान्सा ओलान्डसित चाकडी शैलीको व्यवहार गरेको भनेर भारतीयहरुले सामाजिक सञ्जालमा नरेन्द्र मोदीको आलोचना गरेका छन् ।
ओल्याण्ड र मोदीले हात मिलाएको तथा अंकमाल गरेको तस्वीरलाई लिएर उनको आलोचना भएको हो ।  बाहिर आएका केहि तस्बिरमा मोदी ओल्याण्डसित अस्वभाविक रुपमा टाँसिएको र ओल्याण्ड तर्किन खोजेको देखिन्छ । हात मिलाएका तस्बिरमा पनि ओल्याण्डले मोदीलाई भाउ नदिएको जस्तो लाग्छ ।
ओल्याण्डलाई आफ्नो निवासमा स्वागत गर्दा मात्रै होइन, संयुक्त पत्रकार सम्मेलनमा पनि दुई नेताबीच अंकमाल भएको थियो, जसको पहल मोदीले गरेका थिए । राष्ट्रपति भवनमा हात मिलाउँदा मोदीले निकै बेर नछाडेपछि ओल्याण्डले अर्को हातले छुटाएर हिँडेका थिए ।
Modi-Francois-hollande-1
यसअघि पेरिसमा आयोजित जलवायू सम्मेलनका क्रममा पनि मोदी र ओल्याण्डबीचको ‘ह्याण्डसेक’ चर्चाको विषय बनेको थियो । ओबामा पनि देखिएको उक्त तस्बिरमा ओल्याण्डले बेफुर्सदी शैलीमा मोदीसित हात मिलाएको र मोदीले निगाहको भावमा उनलाई पछ्याएको देखिन्छ ।
मोदीको अंकमाल शैलीमाथि यसअघि पनि प्रश्न उठ्ने गरेका थिए । कुनै पनि शक्तिशाली व्यक्तिसित भेट्दा उनी बच्चा जसरी झुण्डिन पुगेको पटक-पटक देखिएको छ ।
zuckerberg-modi
अमेरिकी राष्ट्रपति बाराक ओबामा मात्रै होइन नाति उमेरका फेसबुकका संस्थापक मार्क जुकरबर्गसित पनि उनको आलिंगन अस्वभाविक मानिएको बिबिसी हिन्दीले लेखेको छ । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment