वैकल्पिक पेसा खोज्दै देहव्यापारमा लाग्न बाध्य भूकम्पपीडित युवति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २२, २०७२- ‘बिहान झिसमिसेमा घाँस काट्न बनमा गएकी थिएँ । त्यसैबेला भूँईचालो गयो । भूकम्पको धक्काले घर भत्किएर बाबा, भाई र मम्मीलाई थिचेछ । बनबाट घर पुग्दा कोही पनि जिँउदो थिएन । सामानहरु पनि भताभुंग थियो । गाईभैंसी पनि मरिसकेको थिए ।’ यो पीडा गोरखा बारपाककी मिना (नाम परिबर्तन) हो । उनी आफनो पीडा सुनाउदा भकानिन्छिन् । उनी भकानिदै भन्छिन,‘गत बैशाख १२ गते गएको बिनाशकारी भुकम्पमा परेर भत्किएको घरको भग्नाबशेष भित्रै पूरिएका आमा, बुवा र सानो भाइको शब अहिले सम्म निकालेको छैन ।’
परिवारको सबै सदस्य गुमाएपछि बिरक्तिएर गत जेठमा उनी काठमाडौं छिरिन । यी किशोरीले भुकम्पमा आमाबुवा र आफन्तहरु गुमाएपनि बाँच्ने आशा चाँही मारिनन् ।  साथीसंगै उनि काठमाडौं आईन् । ‘काठमाडौं आएर रातोपुलस्थित एउटा रेष्टुरामा काम गर्न थाँले’ मिनाले भनिन । रेष्टुरामा उनलाई डान्स गर्ने भनिएको थियो । त्यस बापत  उनलाई रेष्टुराको साहुले मासिक दश हजार तलब दिने आश्वसन दिए । महिना पुगेपछि तलब माग्दा ‘आम्दानी भएकै छैन । तलब चाहिन्छ भने ग्राहकसँग या आफैसंग यौनसम्पर्कको लागि तयार हुनु भन्यो ।’
तलबकै लागि उनले आफनो अस्तित्व दाउमा राख्न चाहिनन् । आफ्ना बाआमा नै नभएको घरमा फर्किन मन पनि थिएन । गाउँबाट आएको एक महिना पछि उनका लागि दुई बिकल्प रह्यो । एउटा गाउँ फर्कने अर्को मालिकले भनेजस्तो आफनो अस्तित्व गुमाउने । ‘गाउँ फर्केर आफन्त गुमाएको पीडा सहेर बस्नु भन्दा त्यसलाई बिर्साउन सहरमै बस्ने अठोट लिएँ,’उनी भन्छिन,‘बाध्य भएर नचाहँदा नचाहै मैले दोस्रो बिकल्प रोजे ।’
 भुकम्प पीडितले पाउने राहत पाए काठमाडौंमै केही गरेर बस्ने उनी बताउछिन । जुन घरले उनका बुवा, आमा र भाईलाई थिच्यो त्यो घरमा फर्केर जाने उनको सोचाई छैन ।
 डान्स क्याविनमै काम गर्दै आएकी म्याग्दीकी समिता (नाम परिबर्तन)को पीडा पनि यस्तै छ । भुकम्पले घर भत्काईदिए पछि केही राहत नपाएर उनि काठमाडौं आईन् । काठमाडौंमा आएकी उनी अन्यत्र काम केही नपाए पछि क्याबिनमा पुगिन् । तलब माग्दा क्याबिनको साहुले ग्राहकसँग जबरजस्ती यौन सम्पर्क राख्न बाध्य पारे । ‘अरु केही बिकल्प नभएपछि देह ब्यापार गर्नु पर्‍यो,’उनले भनिन । जागिरको खोजी गर्न आफनो पढाई नभएको भन्दै निरास हुन्छिन । ‘बाच्न पुग्ने तलब पाए, यस्तो काम छाडिदिन्थे,’लैनचौरका एक रेष्टुरेन्टमा रहेकी उनले भनिन ।
बिनाशकारी भुकम्प पछि गाउँ छोडेर यसरी काठमाडौंमा भौंतारिईरहेका ५५ जना युबती आफ्नो सम्पर्कमा आएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन । उनका अनुसार ५ जना क्याबिन रेष्टुारामा यौन कार्यमा लागेर जिबिका चलाईरहेका छन् । अन्य ५० जना रत्नपार्क आसपासका क्षेत्रहरुमा देहब्यापार गरेर गुजारा गरिरहेको उनले बताइन । उनीहरुले अरु कुनै बिकल्प नभेटिएपछि बध्य भएर देहब्यापारमा लागेको बताउने हुन सक्ने थापाले बताइन । यी महिलाहरु ग्राहकको खोजीमा दिनहु ठाउँ परिवर्तन गर्छन् । रत्नपार्क भेटिएका महिलाहरु अर्कोदिन कोटेश्वर भेटिन्छन् । रक्षाकै अगुवाईमा १५ जनाले  सिलाईकटाई र डिजाईनिङको तालिम लिइरहेका छन् । आत्म निर्भर बन्न तालिम लिइरहेको ति महिला बताउछिन ।
महिलाअधिकारकर्मी सपना प्रधान मल्लको बिस्थापितलाई सम्बोधन गर्ने कार्यक्रमको खाचो रहेको बताइन । ‘कति महिलरु भुकम्पपीडित छन ? कति बिस्थापित भए ? कति बेचबिखनमा परे ?,’उनले भनिन,‘भुकम्पपीडित भएर डान्सबारमा काम गर्ने वा देहब्यापार गर्न बाध्य महिलाहरुलाई सरकारले तत्कालै आयआर्जनका कार्यक्रमका साथसाथै बैकल्पिक ब्यबस्थापनका कार्यक्रम ल्याउनुपर्छ ।’
राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष मनु हुमागाईले भूकम्पबाट बिस्थापित भई देह व्यापार गर्न बाध्य  महिलाहरुलाई श्रम मन्त्रालय र सीप विकाश केन्द्र मार्फत सीपमुलक तालिम लिनको लागि सिफारिश गर्न सकिने बताइन ।
गृह मन्त्रालयका पूर्व प्रवक्ता तथा कामु सचिव लक्ष्मीप्रसाद ढकालका अनुसार अझै सम्म पनि राहत रकम नपाएका त्यस्ता ब्यक्तिहरुको रेकर्ड गृह मन्त्रालयमा छैन । ‘त्यस्तो जानकारी कतै बाट प्राप्त भएको पनि छैन । ‘सबैजसो भुकम्पपीडितले राहत पाएको खबर मात्रै मन्त्रालयसंग छ’ उनले भने । राहत नभएको भन्ने आधिकारिक प्रमाण ल्याएमा छानबिन गरेरमात्र राहत दिन सकिने उनले बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment