पर्यटन बोर्डको बजेट तत्कालै ल्याउन व्यवसायी दबाब

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

१३ माघ, काठमाडौं । आर्थिक वर्ष सुरु भएको ६ महिना नाघिसक्दा समेत पर्यटन बोर्डले बजेट पारीत गर्न नसकेको भन्दै पर्यटन व्यवसायीले असन्तुष्टी जनाएका छन् ।
पर्यटन क्षेत्रका संघ-संस्थाले तत्कालै बजेट पारित गरेर पर्यटन प्रवर्द्धनमा लाग्न सुझाव दिँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।
‘निजी क्षेत्र, सरकार र पर्यटन बोर्ड एकीकृत भएर मुलुकको पर्यटन व्यवसायलाई पूनर्जिवित गर्न अपरिहार्य छ, नेपालको पर्यटन प्रवर्द्धनमा जिम्मेवार निकाय बोर्डले तत्कालै बजेट ल्याउनुपर्छ’ ज्ञापनपत्रमा भनिएको छ ।
व्यवसायीले कुल बजेटको १५ प्रतिशतमात्र प्रशासनिक खर्च छुट्टाउन सुझाव दिएका छन् । त्यस्तै, बाँकी ८५ प्रतिशत बजेटलाई १०० प्रतिशत माने र हुन आएको रकमको ७० प्रतिशत नियमित अन्तर्राष्ट्रिय प्रवर्द्धनमा खर्च गर्नेगरी बजेट बनाउनुपर्ने व्यवसायीको माग छ ।
बाँकी रहेको ३० प्रतिशत रकममध्ये १५ प्रतिशत विकास तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा गर्नुपर्ने सुझाव छ । अर्को १५ प्रतिशत रकमलाई भारत तथा चीन र अन्य मुलुकमा बजार प्रवर्द्धनमा विशेष कार्यक्रमका लागि विनियोजन गर्न भनिएको छ ।
प्यासिफिक एशिया ट्राभल एजेन्टस् (पाटा) नेपाल च्याप्टर, ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल, होटल संघ नेपाल, नेपाल एशोसियसन अफ टुर एन्ड ट्रेकिङ एजेन्ट, नाटो, नेपाल र्‍याफि्टङ एशोसियसन अफ नेपाल, सोट्टो नेपालले संयक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment