अक्षय कुमारको ‘एयरलिफ्ट’को कमाई उकासियो, सय करोड कमाउने पक्का

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

akshya-in-airlift

धेरै चलचित्रका व्यापार यस्ता हुन्छन्, जसको कमाई सार्वजनिक प्रदर्शनमा आएको दिनभन्दा अन्य दिन विस्तारै घट्दै  जान्छ । तर, बलिउड नायक अक्षय कुमार अभिनित चलचित्र एयरलिफ्टको कमाई सार्वजनिक भएको दिनको भन्दा झन् झन् बढ्दै गएको छ ।
शुक्रबार यो चलचित्रले १२.३५ करोड कमाई गरेको थियो । शनिबार १४.६० करोड कमाई गरेको यो चलचित्रले आइतबार १७.३५ करोडको व्यापार गर्‍यो । सोमबार चलचित्रको व्यापार थोरै घट्यो ।
सोमबार १०.४० करोड कमाई गरेको यो चलचित्रले मंगलबार व्यापारमा फेरि उछाल ल्याएको छ । मंगलबार सोमबारको भन्दा करिब ७ करोडमाथिको व्यापार गर्दै यसले १७.८० कमायो । जुन, आइतबार बिदाको दिनको भन्दा बढी हो ।

चलचित्रको माउथ पब्लिसिटी उच्च भएकाले पनि व्यापार बढेको छ । आइतबार बाहेक कुनै पनि दिन बिदा नपर्दा चलचित्रको व्यापार यसरी बढेको छ । चलचित्रले शुक्रबारसम्म सय करोडको आँकडा पार गर्ने पक्का छ । यो चलचित्रबाट अक्षयले नयाँ रेकर्ड बनाउने संभावना बढेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment