सिमाकंन टुंगो नलागेसम्म आन्दोलन रोक्किन : यादव

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सिमाकंनको टुंगो नलगाएसम्म आन्दोलन नरोकिने वताएका छन्। पर्साको वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले सरकारले संसदमा संविधान संशोधन विधेयक पेश गरेर आफूहरुलाई झुक्याउन खाजेको आरोप समेत लगाए । उनले सरकारले तराईमा जारी समस्या सम्बोधन गर्ने तर्फ ध्यान नदिएको वताए।
 
‘जबरजस्ती जारी गरिएको संविधान कार्यन्यवन नहुँदै जबरजस्ती संविधान संसोधन पनि गर्न लागेका छन्,यादवलले भने, ‘त्यस्तो संविधानलाई मृत घोषित गरे पनि हुन्छ ।’ उनले सरकार अहिलेसम्मकै असफल र असक्षम भएको आरोपसमेत लगाए। 
 
उनले सरकारमा भएका दलहरु माफियाले दिएको कमिशनमा रमाएको आरोपसमेत लगाए । उनले शीर्ष स्तरबाट सामाधान नभएको मुद्दा कार्यदल बनाएर सामाधन हुन्छ भन्नेमा आफूहरु विश्वस्त हुन नसकिने वताए। यादवले सरकार र प्रमुख तीन दलले देखावटी वार्ता गरे पनि आफूहरु त्यो वार्तामा भाग लिएर सामाधान खोज्न सघाएको उल्लेख गरे।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment