देशभरका सिडिओ कार्यालयमा क्रान्तिकारीको ज्ञापन, कालोबजारी अन्त्य गर्न माग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Ramesh-Malla

१४ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले कालोबजारी अन्त्य र इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन माइतीघरबाट जुलुससहित क्रान्तिकारीका नेता-कार्यकर्ता बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
ज्ञापनपत्रमा कालोबजारी अन्त्य, सहज आपूर्ति, अन्तराष्ट्रिय मूल्य अनुसार इन्धनको मूल्य समायोजन, सार्बजनिक यातायातको भाडा समायोजन र विद्यार्थीहरुलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले मागहरु जायज भएकाले सम्वन्धित निकायमा पुर्‍याउने बताएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
प्रवक्ता बस्नेतका अनुसार शुक्रबार आपूर्ति मन्त्री गणेशमान पुनलाई र यातायात व्यवस्था विभागमा गएर ज्ञापन पत्र बुझाउने कार्यक्रम छ ।
अखिल क्रान्तिकारीले स्ववियू निर्वाचनको मिति छिटो घोषणा गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment