दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि मसी छ्यापियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Kejriwal
३ माघ, काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि मसी छ्यापिएको छ ।  केजरिवाल दिल्लीको छत्रसाल स्टेडियममा एक कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला यो घटना भएको हो ।
उनलाई लक्षित गर्दै एक महिलाले मसी छ्यापेकी हुन् । तर, त्यो केजरीवालको आसपास रहेकालाई मात्र लाग्यो ।  लगतै केजरीवालले उनलाई छाड्न आग्रह गरे । महिलाले कुनै घोटालाको कुरा गरेको भन्दै कागज लिन आग्रह गरे ।
आफूलाई आम आदमी सेना नामको संगठनको पञ्जाव प्रभारी बनाएकी महिलाले दिल्लीमा सीएनजी घोटाला भएको आरोप लगाएकी छन् ।
पर्यटनमन्त्री कपिल मिश्राले घटनाका लागि भारतीय जनता पार्टीलाई जिम्मेवार बताएका छन् । भाजपाले भने यसबारे केही बताएको छैन ।

यसअघि केजरीवालमाथि २०१४ मार्चमा बनासरमा र २०१३ नोभेम्बरमा दिल्लीमा मसी छ्यापिएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment