भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
३ माघ, काठमाडौं । चीनले नेपालसँग दुई जोडी गैँडा
मागेको छ । चीन सरकारको प्रस्तावमा आफूले सकारात्मक जवाफ दिएको वनमन्त्री अग्नि
सापकोटाले जानकारी दिए ।
मन्त्री सपकोटा चीन भ्रमण पुरा गरेर हालै स्वदेश फर्किएका हुन् । उनका अनुसार
नेपालले सँधै चीनसँग मागिरहेको भन्दै नेपालका तर्फबाट सक्दो सहयोग गर्ने
प्रतिबद्धता जनाइएको छ । चीनको कूटनीतिक पहलबाट सोबारेमा पत्र प्राप्त
भएपछि कानुनी प्रावधान हेरेर नेपाल सरकारले निर्णय गर्ने उनले बताए ।
मन्त्री सापकोटाको भ्रमणका क्रममा सीमा क्षेत्रमा पाइने वन्यजन्तुको संरक्षण
तथा वन पैदावार तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा दुवै देशले पहल गर्ने
सहमति भएको छ ।
चीन जोड्ने नाकामा ‘हरित आर्थिक
करिडोर’
उनका अनुसार नेपाल र चीनको सीमाबीच रहेका मुख्य दुई नाका ‘तातोपानी–जाग्मु’ र ‘रसुवागढी–केरुङ’लाई ‘हरित आर्थिक करिडोर’ का रुपमा विकास गरिने भएको छ । दुवै नाकालाई ‘हरित आर्थिक करिडोर’का रुपमा विकास गर्न दुवै मुलुकले पहल गर्ने
सहमति भएको वन सापकोटाले जानकारी दिए ।
त्यसका लागि तत्काल कार्य थाल्न नेपालका तर्फबाट वन मन्त्रालयका सहसचिव
विश्वनाथ ओली र चीनका तर्फबाट वन मन्त्रालयका उपमहानिर्देशक संयोजक रहेको
प्राविधिक कार्यदल गठन भएको छ ।
वनमन्त्री सापकोटाले आफ्नो छदिने चीन भ्रमण निकै फलदायी भएको बताए ।
0 comments:
Post a Comment