राउटे युवासित मित लगाए उपराष्ट्रपतिपुत्रले

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

बाँदरको मासु खुवाएर दिपेशलाई नचाउने राउटेको योजना अधुरो 
Dipesh-Mit
१२ माघ, काठमाडौं । राउटे समुदायलाई राहत वितरण गर्न अछाम पुगेका उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश एक राउटे युवासित मित लगाएर फर्केका छन् ।
राउटेसित भावनात्मक सम्वन्ध बढाउन मितेरी साइनो गाँसेको उनले बताए । ‘राउटेसित नजिक पर्न अरु समुदायका मान्छे डराउँदा रहेछन्’ उनी सुनाउछन्, ‘राउटेले जादुटुना गरेर मोहनी लगाउँछन् र आफ्नो पछि लाग्ने बनाउँछन् भन्ने खालको धारणा रहेछ । त्यस्तो भ्रमलाई चिर्न पनि मित लगाएको हुँ ।’
दिपेशले आफ्नै उमेरका र नाम पनि मिल्दोजुल्दो भएका राउटे युवा दिपक शाहीसित मित लगाएका हुन् ।
मित लगाउने विचार आएपछि दिपेशले राउटेका मुखिया सुर्यनारायण शाहीसित प्रस्ताव राखेका थिए । उपराष्ट्रपतिको छोराले राउटेसित मित लगाउने भनेपछि शाही पनि खुशी भए । जोडी मिल्दो व्यक्ति खोज्ने क्रममा उनले राजेन्द्रको नाम सिफारिस गरेका थिए ।
दिपेशका अनुसार राजेन्द्र उक्त वस्तीका अलि टाठावाठा देखिने युवा रहेछन् । ‘मितज्यूको परिवारमा बुवाछोरा मात्रै हुनुहुँदो रहेछ । मितज्यूलाई जन्माउने क्रममा आमाको मृत्यु भएको रहेछ,’ दिपेशले भने ।
मित लगाउँदा राउटे मुखियाले विधीअनुसार दुई जनाको टाउको ठोकाइदिएका थिए । त्यसपछि दुवैले एक अर्कालाई अवीरको टिका लगाएर ढोग गरे ।
Dipesh-mit
उपहार साटासाट गर्नुभएन ? भन्ने प्रश्नमा दिपेशले भने, ‘यहाँबाट जाँदा मित लगाउने योजना थिएन । त्यसैले उपहार दिन मिल्ने खालको वस्तु नै भएन ।’
उपहार नभएपछि दुवैले पैसा साटासाट गरेका थिए । फर्किने बेलामा दिपेशले बाबुलाई समेत लिएर काठमाडौं आउन मितज्यूलाई निम्तो दिएका छन् । राउटे प्रतिष्ठानले आउँदो २७ गते कार्यक्रममा भाग लिने गरी उनीहरु आउने भएका छन् ।
बाँदरको भोज खुवाउन पाएनन् राउटेले
राउटे उत्थान प्रतिष्ठानको समन्वयमा दिपेश सहितका युवाहरु व्यक्तिगत रुपमा जुटाएका राहत सामग्री बोकेर अछामको रानीवन-४ स्थित जंगलमा रहेको राउटे वस्तिमा गएका थिए ।
उनीहरुले एक ट्रक चामलसहित खसी, त्रिपाल, औषधि, चकलेट, विस्कुट र लुगाफाटा लगेका थिए । सुर्खेतको बजारमा राउटे महिला तथा पुरुषले लगाउने लुगा किनेर लगिएको थियो ।
उपराष्ट्रपतिका छोरा राहत सामग्री लिएर आएपछि राउटे वस्तिमा खुशीयाली छायो । दिपेशले पनि थुप्रै राउटेका कुरा सुने र उनीहरुका दुःख बुझ्ने प्रयास गरे ।
आत्मीय रुपमा प्रस्तुत भएपछि राउटेहरुले उपराष्ट्रपतिपुत्रलाई एक रात त्यहि बिताउन हत्ते गरेका थिए । ‘उहाँहरुले आठ-दस वटा बाँदर शिकार गरेर ल्याउनुभएको रहेछ । बादर र खसीको मासु खाँदै रातभरी नाचौं भनेर कर गर्नुभएको थियो । तर, समयको अभावले गर्दा हामी बस्न पाएनौं’ दिपेशले भने ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment