समय तालिका बमाजिम नै लोडसेडिङ गरः अख्तियार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नो लाइटमा फोन नउठाउने र गुनासो नसुन्ने कर्मचारीलाई कारबाही गरिने
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नेपाल  विद्युत प्राधिकरणलाई समय तालिका अनुसार विद्युत  कटौती गर्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार लोडसेडिङ तालिकाभन्दा छिटो विद्युत  कटौती गर्ने र ढिलोगरी आउने गरेको उजुरी बढेपछि आयोगले प्राधिकरणका पदाधिकारीहरुलाई बोलाएर निर्देशन यस्तो दिएको हो।
‘जनतालाई झुक्काएर विद्युत कटौती गर्न पाइदैन, लोडसेडिङ तालिका अनुसारनै विद्युत कटौती गर’, सेतोपाटीलाई पुष्करले भने, ‘प्रत्येक समयमा १५ देखि २० मिनेट अघोषित विद्युत कटौती गरेर सातामा १४ घण्टा भन्दा बढी लोडसेडिङ गर्न पाइँदैन।’
पछिल्लो समय अस्पतालको अप्ररेशन थिएटरदेखि इमर्जेन्सी सेवामा समेत विद्युत प्राधिकरणको लापरबाही गरेकाले जनताले सास्ती भोग्न परेको गुनासो आएपछि कडा कदम चाल्नुपरेको पुष्करले बताए।
आयोगले आज उर्जा सचिव, प्राधिकरण प्रमुख र विभिन्न विभागका प्रमुखलाई एकैसाथ बोलाएर  यस्तो निर्देशन दिएको पुष्करले बताए।
जवाफमा प्राधिकरण प्रमुखले भारतबाट आयात गरिने ९० मेगावाट विद्युत खरिदमा ढिलाइ हुँदा यस्तो भएको जवाफ अख्तियारलाई दिएका थिए।
त्यस्तै बिशेष फिडर मार्फत एनजिओ, व्यवसायी र केही उच्च घरानलाई बत्ती दिएको विषयमासमेत अख्तियारले प्रश्न गरेको पुष्करले बताए। तत्काल यस्तो कार्य बन्द नभए आफूहरू कारबाहीको प्रक्रिया अगाडि बढाउन बाध्य हुने भने।
त्यस्तै आयोगले अहिले प्राधिकरणको २५ देखि ३० प्रतिशतसम्म रहेको चुहावट पनि १५ प्रतिशतमा झार्न निर्देशन दिएको छ। जनतालाई जति एम्पाएर क्षमता भनेर मिटरबक्स दिएको हो सोही बमोजिमको भोल्ट दिन पनि प्राधिकरण र उर्जा सचिवलाई निर्देशन भएको छ।
त्यस्तै आयोगले ट्रान्सफर्मर जलेको समयमा कर्मचारीको लापरबाही रहेको विषयमा विस्तृत अध्ययन गरी कारबाही प्रक्रिया अगाडि बढाउने पुष्करले बताए।
त्यस्तै उपत्यकाको विभिन्न ठाउँमा नो लाइटमा फोन नउठाउँने र गुनासोसमेत नसुनेको उजुरी आएकाले तत्काल कारबाही गर्न प्राधिकरणलाई निर्देशन दिएको उनले बताए।




भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment