रंगेलीस्थित सशस्त्र वेस क्याम्पमा मोर्चाको तोडफोड

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


मोरङ-रंगेलीमा बिहीबार प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएपछि यहाँको स्थिति सामान्य बन्न सकेको छैन। हिजोको घटनालाई लिएर रंगेलीस्थिति चोक्राहामा रहेको सशस्त्र प्रहरी वेस क्याम्पमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। शुक्रबार बिहान मोर्चा कार्यकर्ताले सशस्त्रको निर्माणाधिन भवनमा तोडफोड गरेका हुन्।
भवन तोडफोडका क्रममा मोर्चा कार्यकर्ताले निर्माणका लागि राखिएका सयभन्दा बढी सिमेन्टका बोरा फुटाएर क्षति गराएका छन्।

बिहीबार एमालेको भातृ संगठन युवा संघ नेपालले रंगेलीमा अायोजना गरेको अामसभामा मोर्चा कार्यकर्ताले अावरोध पुर्याएपछि भएको झडपमा प्रहरीको गोली लागेर तीनजनाको मृत्यु भएको थियो। घटना पछि बिग्रिएको जिल्लाको राजनीतिक वातावरण, त्यसले जनजीवनमा पारेको प्रभाव र सुरक्षा व्यवस्थाबारे छलफल र समन्वय गर्न मोरङका प्रमुख जिल्ला अधिकारी तयम रायाले सर्वदलीय राजनीतिक संयन्त्रको बैठक अायोजना गरेका छन्। जिल्ला प्रशासनमा भएको बैठकमा जिल्लास्थित दलका नेता, सभासद र नागरिकसमाजका अगुवाको सहभागिता छ।

रंगेली बजार, यातायात बन्द छ। मोर्चाका कार्यकर्ताले बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरेका छन्। बजारका चोक र सडकमा सुरक्षाकर्मी परिचालन बाक्लो पारिएको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment