सुन्दरताको कारक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


माघ ८, २०७२- शिल्पा सेट्टीलाई बलिउडकी सुन्दरी नायिकामा चिनिन्छ। मिलेको फिगर र सुन्दर मुहारकी धनी शिल्पा स्वयं भने आफ्नो सुन्दरताको क्रेडिट बाबा रामदेवलाई दिन्छिन्। बुधबार मात्रै पनि उनी मुम्बईमा आयोजित बाबा रामदेवको योग शिविरमा देखिइन्। उनी त्यहाँ रामदेवसँग स्टेज सेयर गर्दै योग गरिरहेकी थिइन्।
‘सन् २००९ मा मैले बाबालाई आफूले गरेका योगको सीडी दिएकी थिएँ,’ उनले भनेकी छन्, ‘त्यसबाट मलाई धेरै सफलता मिल्यो। सात वर्षपछि फेरि मैले आफंैले लेखेको पुस्तक दिएकी छु। उहाँ मेरा लागि सधैं लक्की हुनुहुन्छ। मैले योग सिक्नु र पुस्तक लेख्नु सबैमा बाबा रामदेवकै योगदान छ।’
शिल्पाले हालै आहार तथा पोषणसम्बन्धी ‘द ग्रेट इन्डियन डाइट’ सार्वजनिक गरेकी थिइन्। त्यसको विमोचन उनले बाबाकै हातबाट गराएकी थिइन्। ४० वर्षे उमेरमा पनि फिट र सेक्सी लुक्सलाई कायमै राख्न सफल विवाहित शिल्पालाई बारम्बार फिटनेसको रहस्यबारे सोधिन्थ्यो। अन्तत: उनले यसको जस सबै रामदेवको योगलाई दिएकी हुन्। छोरा जन्माएपछि मोटाएकी शिल्पा चारै महिनामा साविककै शारीरिक बनावटमा फर्कन सफल भएकी थिइन्। उनले भनिन्, ‘बाबाको पावर योगले मलाई पूर्ववत् सेपमा आउन सहयोग गर्‍यो।’

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment