भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
२९ पुस, काठमाडौं । अभ्यास
खेलमा नेपाली यू-१९ टीम अफगानिस्तानसँग ४१ रनले पराजित भएको छ ।
यू-१९ विश्वकप तयारीका क्रममा रहेको नेपाली युवा टोलीले अफगान यू-१९ सँग दुई अभ्यास खेल खेलेको
थियो । दुबैमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
दिल्लीमा २१३ रनको लक्ष्य पछ्याएको नेपालले ४१.३ ओभरमा सवै विकेट गुमाएर १७१ रन मात्र बनाउन
सक्यो । नेपालका लागि सुनिल धमलाले ४५, आसिफ शेखले २८ र दिपेन्द्र सिंह ऐरीले २३
रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा जिया उर रहमान अकबरले ३
विकेट लिए भने करिम जानत र जाहिरले २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१२ रन
बनाएको थियो । उसका लागि शमसुर रहमानले ७५ रनको महत्वपूर्ण योगदान दिए ।
नेपालका कौशल भुर्तेलले ३ तथा दिपेश श्रेष्ठ र नन्दन यादवले
समान २-२ विकेट लिए ।
0 comments:
Post a Comment