फेसबुके मायालु बनेर चार लाख ठगी, दुई युवक प्रहरी फन्दामा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Facebook
२९ पुस, काठमाडौं ।रोसन गुप्ताले फेसबुकमा सुवास्ना गौतम नामको अकाउन्ट देखे । फ्रेन्ड रिक्वेस्ट पठाए, जुन स्वीकार भयो । उनीहरूबीच फेसबुक सम्बाद बाक्लियो । महाबौद्धमा कपडा पसल संचालन रोसन सुवास्नासँग निकै नजिक भए र फेसबुके प्रेम बस्यो ।
तर, उनीहरूको प्रत्यक्ष भेट कहिल्यै भएन । एक दिन सुवास्नाले भेट्न बोलाइन् । फेसबुकमा भेटिएकी प्रेमिकालार्इ भेट्न रोसन समयमै पुगे । तर, त्यहाँ सुस्वाना होइन, एक युवक थिए । उनले आफू सुस्वानाको दाइ भएको र उनले हात काटेर अस्पताल भर्ना भएको बताए ।
तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटेको भन्दै उपचार खर्च मागे । रोसनले ५५ हजार दिए । फेसबुके मायालुको उपचारका नाममा रोसनले ४ लाख १७ हजार दिए । पछिल्लो पटक उनलार्इ डेढ लाख रकम माग भयो । अब उनी रकम दिन सक्ने अवस्थामा थिएनन् । आफन्तलार्इ समस्या राखे र मंगलबार अपराध महाशाखा आइपुगे ।
उनले दिएको उजुरीका आधारमा प्रहरीले छानविन गर्दा रोसनको फेसबुके मायालु अस्पतालमा त थिएनन् नै सुवास्ना कुनै युवती नभएको खुलेको छ । सुवास्ना बनेर रोसनलार्इ ठगी गर्ने बिक्रम ज्ञावाली र केविन केसीको रहेछन्, जसले युवतीको दाइ बनेर पैसा लिँदै आएका थिए ।
दैलेख वङलम्जी ७ कोईरालागाँउ घर भएका २३ वर्षका विक्रम धापासी बस्छन् भने २२ वर्षका कविन धापासी कै हुन् । उनिहरूले सुरूमा सविन पाण्डेको नाममा नक्कली फेसबुक आईडी खोलेको थिए ।
नाम परिवर्तन गरेर सुवास गौतम बनाए । तर, महिला बनेर ठगी गर्ने उद्देश्यले दुबै जना मिलेर पुन: नाम परिवर्तन गरी केटीको नाम सुवास्ना गौतम राखे र ब्ल्याकमेलिङ गर्न थाले ।
रोसनको उजुरीको आधारमा प्रहरीले दुबैलार्इ महाराजगञ्जस्थित भाटभटेनीबाट पक्राउ गरिएको छ । दुबैलार्इ बिद्युतिय कारोवार ऐन र ठगीमा कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।
उनीहरूको साथबाट सामसुङ ग्यालेक्सी ट्याव र दुर्इ थान मोबाइल, ४. सुनको ९.३७ ग्रामको सिक्री र  २ लाख ५३ हजार बरामद भएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment