प्रभु र ग्राण्ड बैंक पायो मर्जरको अन्तिम स्वीकृति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

prabhu-and-grand-bank
४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र ग्राण्ड बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएको छ । सोमबार बसेको राष्ट्र बैंकको बोर्ड बैठकले मर्जको अन्तिम स्वीकृति दिएको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताए ।
गत कात्तिकमा दुबै बैंकले विशेष साधारण सभा गरेर गाभिने निर्णय गरेका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार दुबै सस्थाले मर्जको प्रक्रिया पुरा गरेपछि सोमबार अन्तिम स्वीकृति पाएका हुन् ।
मर्जर पश्चात संस्थाको नाम ‘प्रभु बैंक लिमिटेड’ रहनेछ भने प्रमुख कार्यकारी अधिकृत प्रभु बैंकका अशोक शेरचन नै रहनेछन् ।
मर्जपछि बैंकको शाखा र काउण्टर संख्या १ सय ३६, एटिएम संख्या १ सय २३ र कर्मचारीहरुको संख्या करिव एक हजार तीन सय ५० पुग्नेछ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment