भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
यतिबेला दुनियाँ ‘स्मार्ट वेयरएवल’ र ‘स्मार्ट होम’का नयाँ नयाँ आविस्कारमा केन्दि्रत छ । गुगल, याहु, एप्पल, माइक्रोसफ्ट जस्ता
प्रबिधि बादशाहरु यही क्षेत्रमा
प्रतिस्पर्धा गरिरहेका छन् ।
स्मार्ट होमको कुरा गर्दा होम सेक्युरिटी क्यामेरा सवैभन्दा महत्वपूर्ण हो । यतिबेला गुगल नेस्ट ल्याबदेखि चर्चित क्यामेरा गोप्रोसम्म यहि प्रतिस्पर्धामा लागिरहेका छन् ।
तर, प्रविधिको लडाईं यस्तो हुन्छ कि यहाँ सधै ठूलो र प्रतिष्ठितले मात्र जित्दैनन्, नपत्याउने खोलाले पनि धेरैपटक बगाउँछ ।
यस्तै नपत्याउने एउटा सेक्युरिटी क्यामेराले एक बर्षको अबधिमा यति ठूलो फड्को मार्यो कि, आफ्ना प्रतिस्पर्धीहरु फिटविट, गोप्रो र ड्रपक्याम्स तीनवटैको कुल बिक्रिभन्दा यसको बिक्रि निकै बढि छ ।
‘क्यानरी’ नामक यही सुरक्षा क्यामेराले यतिबेला प्रतिस्पर्धी गुगलको ड्रपक्यामलाई नराम्ररी पछि पारेर सवैको वाह्वाही बटुलेको छ । जहाँ कि ५ सय मिलियन डलरको गुगल प्रोजेक्ट ड्रपक्यामले एपस्टोरमा जम्मा एक स्टार रेटिङसहित उपभोक्ता गाली खाइरहनु परेको छ ।
डिसेम्बर २०१४ मा बजारमा आएको क्यानरीले एक बर्षमै यति धेरै सफलता पाउनुभएको कारण के हो त ?
लस भेगासमा जारी कन्जुमर इलेक्टि्रक एक्स्पोमा आएका क्यानरीका सीइओ आदम सागरले भने- ‘हामी पुरै ध्यान उपभोक्तालाई उन्नत उत्पादन दिनेमा केन्द्रीत छ, उपभोक्ताका समस्या समाधान हाम्रो दायित्व हो ।’
के हो क्यानरी, कसरी काम गर्छ ?

क्यानरी घरमा
राख्ने सुरक्षा क्यामेरा हो जसको माध्यमबाट तपाइँले जहाँ भए पनि आफ्नो घरको रेखदेख
गर्न सक्नुहुन्छ ।
यसले तपाइँको घरमा हुने चोरी नियन्त्रण गर्न, सानासाना नानी वा बृद्धबृद्धालाई एक्लै घरमा छोड्नुपर्दा नियमित निगरानी राख्न र यात्रामा निस्केका बेला आफ्नो घरको अबस्थाबारे जानकारी लिन सहयोग पुर्याउँछ । क्यानरी भएपछि तपाइँले घर रेखदेखका लागि कसैलाई राखिराख्नु पर्दैन् ।
यो क्यामेरा जडानका लागि कुनै दुःख छैन् । सानो क्यामेरा आफुले चाहेको ठाउँमा राख्नुस्, र एपमार्फत् क्यामेराको खिचेका गतिबिधि आफ्नो स्मार्टफोनमा हेर्नुस् ।
घरमा कुनै संकास्पद गतिबिधि भएमा तपाइँको मोबाइलमा साइरन बज्ने छ । यदि कुनै अपि्रय घटना हुन लागेको भएमा तपाइँले तुरुन्त प्रहरी पठाउन वा आफ्ै पुग्न पनि सक्नुहुन्छ ।
क्यामेरामा साइरन, माइक्रोफोन, १०८० पिक्सेलको एचडी क्यामेरा, हलचल थाहा पाउने प्रबिधि र नाइट भिजन र कोठाको तापक्रमसमेत नाप्ने प्रबिधि जडित छ । क्यामेराको मूल्य २५० अमेरिकी डलर रहेको छ ।
भावी योजनाबारे जानकारी दिँदै सीइओ सागरले भने- ‘हामी छिटै क्यामेराका स्पीकर पनि राख्दै छौं जसले गर्दा तपाइँले आफ्नो मोबाइलबाटै घरमा रहेका बच्चाबच्चीसँग कुराकानी गर्न सक्नुहुन्छ, कुकुरको आवाज सुन्न सक्नुहुन्छ ।’

क्यानरीले एकपछि अर्को सफलता पाइरहेका बेला
प्रतिस्पर्धी गुगलको उत्पादन ड्रपक्यामले भने उपभोक्ताको गाली खाइरहेको छ । ड्रपक्याममा धेरै प्राबिधिक त्रुटी रहेको भन्दै एपस्टोरमा नकरात्मक
समिक्षाहरु आइरहेका छन् ।
0 comments:
Post a Comment