भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
२६ पुस, काठमाडौं । प्रशिक्षकका रुपमा जिनेदान
जिदानको पहिलो खेलमा रियल मड्रिडले ग्यारेथ बेलले हृयाट्रिकको मद्दतमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ ।
शनिबार राति भएको
खेलमा रियल मड्रिडले डिपोर्टिभोलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
रियल मड्रिडले १५
औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । क्लबका लागि लिगमा उनको यो
१०० औं गोल थियो ।
२२ औं मिनेटमा
बेलले खाता खोले । दोस्रो हाफको चौथो मिनेटमा नै व्यक्तिगत दोस्रो गोल गरेका बेलले
६३ औं मिनेटमा हृयाट्रिक पुरा गरे ।
खेलको अन्तिममा
बेन्जिमाले दोस्रो गोल गरेपछि रियल मड्रिड ५-० गोल अन्तरले विजयी भएको छ ।
जितसँगै रियल मड्रिडले
तेस्रो स्थानमा रहेको ४० अंक भएको छ र लिग लिडर बार्सिलोना भन्दा २ अंकले मात्र पछाडि छ । तर, रियलले एक खेल बढी खेलेको छ ।
0 comments:
Post a Comment