सेनाको पुरानो गोरख गणले मुस्ताङ विद्यार्थीलाई लत्ताकपडा बाँड्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


 
नेपाली सेनाको पुरानो गोरख गणले मुस्ताङको नालान्द स्थित प्राथमिक विद्यालयका छात्रछात्रालाई ५ सय जोर लत्ताकपडा सहयोग गरेको छ । अविभावक नभएका, असहाय तथा विपन्न परिवारका विद्यार्थीमात्रै अध्ययनरत ‘नालन्द वुद्धिष्ट प्राथमिक विद्यालय’का १ ५० छात्रछात्रालाई पुरानो गोरखगणका गणपति प्रमुख सेनानी गौरव गुरुङले मंगलबार रेडिमेड लत्ताकपडा उपलव्ध गराएका हुन् ।

गणपति गुरुङका अनुसार ट्रयाकसुट, ज्याकेट लगायत रेडिमेड लत्ताकपडा तथा खाना पकाउने भाँडा, पूर्वाधार निर्माणमा प्रयोग गरिने उपकरण लगायत सामानपनि विद्यालयलाई हस्तान्तरण गरिएको छ । विद्यालयकी प्रवन्धक विमला तुलाचनले सेनाबाट प्राप्त सहयोग केहीदिनभित्रै  विद्यार्थीलाई वितरण गरिने जानकारी दिइन् ।
पुरानो गोरखगणले वैशाख १२को भूकम्प र त्यसपछिका परकम्पबाट प्रभावित नागरिकलाई पनि विभिन्न स्थानमा पुगेर खाद्यान्न, पाल-टेन्ट लगायतका राहतसामग्री वितरण गरेको थियो ।
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment