स्कुल खर्च जुटाउन लन्डन म्याराथनमा भाग लिंदै प्रियम्बदा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

B nepali

१५ माघ, लन्डन । पेशाले जनस्वास्थ्य विषयकी अध्यापक हुन् प्रियम्बदा पौडेल । 
ब्राइटन एण्ड ससेक्स् मेडिकल स्कुलमा जनस्वास्थ्य पढाउंछिन् उनी । यसबाहेक एमएस्सीमा पब्लिक हेल्थको कोर्स लिडर जिम्मेवारी पनि उनीमाथि छ ।
तर, उनी जति मिडियामा छाउंछिन्, त्यो अध्यापनले होइन् । बरु, सामाजिक कामका लागि उनी अखवारका पानामा छाउंछिन्, त्यो पनि दौडेर ।
प्रियम्बदाले आगामी २४ अप्रिल, २०१६ का दिन भर्जिन लन्डन म्याराथनमा भाग लिंदैछिन् । ५ वर्षको प्रयासपछि यसपटक उक्त प्रतिष्ठित म्याराथनमा भाग लिन उनले ‘चिट्ठा’ पारेकी हुन् । यस वर्ष दौड्न अहिलेसम्मकै बढि दुई लाख ४७ हजार ६९ जनाले आवेदन दिएका थिए । २६ दशमलव २ माइल 
(४२ किमी) दुरीको यो म्याराथानमा वर्षेनी करिब ३६ हजार दौडन्छन् ।
गुल्मी जिल्लाको दुर्गम गाउंमा अवस्थित 
मालागिरी स्कुलको सहयोगार्थ उनको सहभागिता भएको हो । उनले ‘स्कुल फर मालागिरी’ च्यारिटीका दागि दौडेर दुई हजार पाउण्ड उठाउने लक्ष्य लिएकी छन् । उक्त स्कुल सन् २००७ देखि युनिभर्सिटी अफ ब्राइटन मार्फत च्यारिटी गरेरै टिकेको छ । स्कुललाई आवश्यक वार्षिक २० हजार पाउण्ड खर्च च्यारिटीबाटै उठाइन्छ । त्यहां ३ देखि ८ वर्ष उमेरका ६० जना वालवालिका अध्ययनरत छन् ।
‘लन्डन म्याराथनमा भाग लिने धेरैको सपना नै हुन्छ । म त्यो अवसरलाई आफ्नो देशको समाजसेवामा लगाउन चाहन्छु’, उनले भनिन् ।
उनले आफ्नो च्यारिटी प्रयासलाई सघाउन बेलायतवासी सबै नेपालीमा अपिल समेत गरेकी छिन् । जस्ट गिभिङ वेवसाइटमा गएर आर्थिक सहयोग गर्न सकिन्छ ।
यतिखेर प्रियम्बदा १७ हप्ते अभ्यास अन्तर्गत प्रत्येक साता १०, १५ माइल 
दौडिरहेकी छिन् ।
‘म जन स्वास्थ्य विषयको प्राध्यापनमा लागेकाले रोल मोडल पनि बन्नुपर्छ भनेर स्वास्थ्यमा अलिक सचेत छु’, फूर्सद भए दौड्ने प्रियम्बदा भन्छिन्, ‘फिजिकल फिटनेसबाहेक नयां ठाउंमा दौड्दा त्यहांको परिवेश र जीवनशैली थाहा हुन्छ । यसले सोसियल नेटवर्किङ पनि विस्तार गर्छ ।’
विगत ६ वर्ष देखि उनी नियमित दौड्न थालेकी हुन् । पार्क रनमा हरेक शनिबार दौड्ने उनको रुटिन छ । उनले हालसम्म दुई वटा हाफ म्याराथन र एउटा फूल म्याराथनमा सहभागिता जनाइसकेकी छन् ।
दुई वर्ष अघि ब्राइटन म्याराथनमा भाग लिएर उनले हेल्प नेपाल नेटवर्कमार्फत नेपालकै विद्यालयलाई सहयोग जुटाएकी थिइन् । – वीनेपालीबाट

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment