प्रधानसेनाति क्षेत्री सोमबार भारत भ्रमणमा जाने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Rajendra-chhetri

१५ माघ, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री अर्को साता भारत भ्रमणमा जाने भएका छन् । सेनापति भएपछि क्षेत्रीको यो पहिलो भारत भ्रमण हो । 


क्षेत्री आगामी सोमबार ६ दिने भारत जाने तय भएको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले अनलाइनखबरलाई जानकारी दिए । क्षेत्री भारतीय सेनापति दलवीर सिंहको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन् ।
यो भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति क्षेत्रीलाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्ने सम्भावना छ ।
नेपाल र भारतको सेनापति एकअर्का देशको सेनाको मानार्थ सेनापति रहने परम्परा छ ।
नेपाली सेनाले प्रधानसेनापति क्षेत्रीको भारत भ्रमणबाट छिट्टै औपचारिक जानकारी दिने बताएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment