स्थानीय चुनावको तयारी गर्नोस्: प्रधानमन्त्री

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



पुस २३, २०७२- प्रधानमन्त्री केपी ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई स्थानीय निर्वाचनको आन्तरिक तयारीमा जुट्न आग्रह गरेका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग बिहीबार भएको छलफलका क्रममा उनले स्थानीय निकायको निर्वाचन छिटो सम्पन्न गर्न सके भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सहयोग पुग्ने उल्लेख गर्दै चुनावको तयारीमा लाथ्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्रीले स्थानीय निकाय निर्वाचनका लागि आवश्यक कानुनमा गरिनुपर्ने संशोधनलगायत प्रक्रिया छिटो सम्पन्न गरिने आश्वस्त पारेका थिए । उनले निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउनु आवश्यक भएको बताएका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले नयाँ संविधानअनुसार निर्वाचनसँग सम्बन्धित विभिन्न कानुन र राजनीतिक दलहरूलाई व्यवस्थित गर्न एकीकृत कानुनको तर्जुमा भइरहेकोबारेमा प्रधानमन्त्रीलाई जानकारी गराए । उनले संविधानले प्रदान गरेका विभिन्न समावेशी समूहको प्रतिनिधित्वको सुनिश्चितताका लागि आयोगले ऐनमा व्यवस्था गर्न प्रस्ताव गरेका विषयका बारेमा उल्लेख गर्दै आयोगले स्थानीय निकाय निर्वाचनको आन्तरिक तयारी गरिरहेको र निर्वाचन कार्यविधि ऐनको संशोधित मस्यौदा सरकारसमक्ष पेस भइसकेकाले यथाशक्य छिटो पारित गरिदिन र निर्वाचनको मिति छिटो घोषणा गर्न आग्रह गरेका थिए ।
निर्वाचन आयुक्त इला शर्माले संविधान संशोधनका क्रममा रहेको सन्दर्भमा आयोगलाई निर्वाचन मिति तोक्ने अधिकार र आयोगको आर्थिक स्वायत्ततासम्बन्धी विषयतर्फ आवश्यक सुधार हुनुपर्नेमा जोड दिएकी थिइन् । चुनावको मितिको निश्चितता भएमात्र निर्वाचनको पूर्व तयारी राम्रोसँग हुने र निर्वाचनको गुणात्मक पक्ष बलियो हुने उनको भनाइ थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment