हाइड्रोजन बमबारे उत्तर कोरियाको आलोचना

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


उत्तर कोरियाले आफूले पहिलोपल्ट एउटा हाइड्रोजन बमको सफल परिक्षण गरेको भनी गरेको दावीको ब्यापक आलोचना भएको छ।
प्योङयाङको सबैभन्दा शक्तिशाली पक्षधर चीनले पनि त्यस्तो परिक्षणको आफू ठोस रुपमा विपक्षमा रहेको जनाएको छ।
दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन-हे ले उत्तर कोरियाको कदमलाई गम्भीर प्रकृतिको उक्साउने कार्य भनेका छन्।
नेटोका प्रमुखले त्यसबाट अन्तर्राष्ट्रिय सुरक्षामा खलल पुग्ने टिप्पणी गरेका छन्।
स्तरोन्नति
  उत्तर कोरियाले भूमिगत रुपमा आफूले हाइड्रोजन बमको सफल परिक्षण गरेको बताएपछि, त्यसप्रति अविश्वास र आलोचना व्यक्त भैरहेको छ।
त्यस्तो बमको परिक्षण गरिएको भन्ने दावी पुष्टि भएमा सन् २००६ पछि उत्तर कोरियाले गरेको त्यस्तो प्रकृतिको चौथो परिक्षण हुनेछ।
साथै त्यसबाट सो देशको अस्त्र क्षमतामा ठूलो स्तरोन्नति भएको मानिनेछ।
तर परमाणु विज्ञहरुले, उत्तर कोरियामा जस्तो प्रकृतिको विष्फोट भएको थाहा भएको छ त्यो हाइड्रोजन बमको शक्तिको दाँजोमा निकै सानो भएको भनी अविश्वास व्यक्त गरेका छन्।
निन्दा
दक्षिण कोरियाले उत्तर कोरियाको दावीलाई गम्भीर प्रकृतिको उक्साउने कार्य भनी निन्दा गरेको छ।
सँगसँगै त्यस्तो बम परिक्षण भएको दावी विश्वास गर्न गाह्रो हुने प्रकृतिको भएको पनि बताएको छ।

 

हाइड्रोजन बम परमाणु अस्त्रहरु भन्दा बढी शक्तिशाली र ‌उच्च प्रविधिको हुन्छ, जसमा एकदमै ठूलो मात्रामा उर्जा उत्पादन गर्नका लागि, परमाणुहरुलाई एक आपसमा विलय गर्ने, फ्यूजन भन्ने प्रविधि अपनाइन्छ।
दोस्रो विश्व युद्धमा जापानको हिरोसिमा र नागासाकी शहरहरु ध्वस्त पारेका जस्ता परमाणु बमहरुमा भने फिशन अथवा परमाणुहरुलाई टुक्राउने प्रविधिको प्रयोग हुन्छ।
अविश्वास
उत्तर कोरियाको आफूले हाइड्रोजन बमको परिक्षण गरेको भन्ने दावीप्रति अविश्वास गर्नेमा एउटा अनुसन्धान संस्था र्याण्ड कर्पोरेशनका विश्लेषक ब्रुश बेनेट पनि हुन्।
उनी भन्छन्-"उत्तर कोरियाले आफूहरुको परिक्षणका क्रममा जस्तो आकारको विस्फोट भयो भनिरहेका छन्, वास्तविक हाइड्रोजन बम विस्फोट हुँदा त्यो भन्दा दश गुणा ठूलो विस्फोट हुनु पर्छ।
त्यस्तै चीनको सरकारी टेलिभिजन प्रसारक सीसीटीभीसँग कुरा गर्दै चीनका एकजना सैन्य विज्ञ डु वेनलोङले भनेका छन्,-"परिक्षण गरिएको बम हाइड्रोजन बम नै हो भनेर पुष्टि गर्नका लागि भरपर्दो तथ्यांक उपलब्ध हुन सकेको छैन।"
दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन हेले उत्तर कोरियाको दावीको थप विश्लेषण गर्नु पर्ने बताउँदै, त्यो अन्तर्राष्ट्रिय शान्ति तथा स्थायित्वका लागि ठूलो चुनौती भएको बताएका छन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment