महिला हिंसा गर्नेलाई अनौठो सजायँ, ६ महिनासम्म सडक सफा गर्नुपर्ने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

coart
महिलामाथि दुव्र्यवहार तथा हिंसा गर्ने मानिसहरुमाथि कडा भन्दा कडा कारवाहीको माग हुने गरेको छ । तर भारतमा भने महिलाहिंसाका आरोपी पुरुषमाथि अनौठो सजाय सुनाइएको छ । मुम्बइ उच्च अदालतले बिहिबार महिलामाथि दुव्र्यवहार तथा हत्याको प्रयास गर्ने चार जना अभियुक्तलाई ६ महिनासम्म सडक सफाइ गर्नुपर्ने आदेश सुनाएको हो ।
यो सँगै ती अभियुक्तहरुले आगामी ६ महिनासम्म पुलिसको निगरानीमा हरेक हप्ता सार्वजनिक सडकको सरसफाइ गर्नुपर्नेछ । नियमित रुपमा तोकिएको समयसम्म सडक सफाइ गरेपछि मात्र उनीहरुले सफाइ पाउनेछन् ।
महिलामाथि हिंसा गरेको आरोपमा सडक सफा गर्ने सजायँ पाउने आरोपीहरुको नाम अंकित जाधव, सुहास ठाकुर, मिलिन्द मोरे तथा अमित अधाक्ले हो ।
आफुहरुमाथि लागेको महिलामाथि दुव्र्यवहार तथा हत्या प्रयासको मुद्धाबाट सफाइ दिनका लागि उनीहरुले मुम्बइ उच्च अदालतमा अपिल गरेका थिए ।
महाराष्ट्रको ठाडे क्षेत्रमा गतवर्ष दशहराको मेलामा यी चार युवकहरुले रक्सी पिएर महिलामाथि दुव्र्यवहार गरेका थिए र त्यसो नगर्न आग्रह गर्ने एक व्यक्तिमाथि आक्रमण समेत गरेका थिए ।
आफुहरुले गल्ती स्विकार गरिसकेको र पीडितहरुसँग छलफलको आधारमा समस्या सुल्झाइसकेको भन्दै उनीहरुले अदालतमा आफुहरुमाथिको मुद्धा खारेज गर्न अपिल गरेका थिए । तर न्यायाधीशले भने आरोपीहरुले ६ महिना सामाजिक सेवा गरेपछि मात्र उनीहरुमाथि मुद्धा खारेज हुने फैसला सुनाएको छ ।

- See more at: http://www.onlinekhabar.com/2016/01/372674/#sthash.RtO2Ksdw.HwZdRA7k.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment