एउटा राम्रो नेता बनाउन किन तिमीले टाउको कनायौ?

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

एउटा राम्रो नेता बनाउन किन तिमीले टाउको कनायौ?
चितवन–इश्वर तिमीले जगत बनायौ,
सूर्य बनायौ,
चन्द्र बनायौ,
नेपाल बनायौ,
एउटा राम्रो नेता बनाउन किन तिमिले टाउको कनायौ ? - See more at: http://nagariknews.com/entertainment/story/52144.html#sthash.QOEMJHRa.dpuf


चितवनइश्वर तिमीले जगत बनायौ,
सूर्य बनायौ,
चन्द्र बनायौ,
नेपाल बनायौ,
एउटा राम्रो नेता बनाउन किन तिमिले टाउको कनायौ ?

चितवनको नारायणगढमा १५वर्षपछि प्रहसनमा उत्रेका मदनकृष्ण श्रेष्ठ र हरिवंशको जोडीले यो प्यारोडी सुरुगर्दा दर्शकको अनुहारमा हाँसो भन्दा पनि निराशाको बादल छायो। साँच्चै एउटा राम्रो नेता देशमा जन्मेको भए नेपाल कस्तो हुन्थ्यो होला ...यस्तै भाव झल्कन्थ्यो दर्शकका मुहारमा।

देशको अवस्था शसस्त्र द्वन्द्वले जर्जर बनाएको अवस्थामा त छँदैछ। त्यसपछिको प्राकृतिक विपद् महाभूकम्प र भारतको अघोषित नाकाबन्दीले जनता हैरान छन्। यही हैरानी व्यक्त गर्दै उनीहरुले प्यारोडीबाट व्यंग्य गरे। रोटरी क्लब अफ नारायणी मिड टाउनले गैंडाकोटको जलुके खानेपानी आयोजना संचालनार्थ आयोजना गरेको रोटरी महजात्रा शुक्रबार नारायणगढमा शुरु भएको हो। खानेपानीको चर्को समस्याबाट मुक्त गर्न यस महजात्राबाट उठेको सहयोगले मद्दत गर्ने आयोजक यमनाथ दनाईले उल्लेख गरे। महजात्राको सुरुवातमै प्यारोडी व्यंग्य प्रस्तुत गरियो। महले नेताहरुलाईमात्र व्यग्यं कसेनन्। उनीहरुको बढ्दो अराजकतामा युवाहरुको संलग्नतालाई नकारे।

ईश्वर तिमीले सुन बनायौ
फलाम बनायौ
तामा बनायौ
नेपालका नेताहरुलाई किन तिमीले गुण्डाहरुको मामा बनायौ ?
कर्मचारीतन्त्रले पनि नेताहरुको मनपरीको फाईदा उठाएको उल्लेख गरे ।

ईश्वर तिमीले आगो बनायौ
हवा बनायौ पानी बनायौ
नेपालका व्यूरोक्र्याटसलाई किन घुस खानी बनायौ
महजात्राको दोस्रो प्रस्तुतीका रुपमा छिमेकी भारतको नाकाबन्दीप्रति लक्षित थियो ।
धन्यवाद छ छि..मेकी धन्यवाद छ है
हामीलाई पाठ बढायौ नाकाबन्दी लाई

यसैमा उनीहरुले जनता सोझो भएको पनि दर्शाए ।

राजनीति नै लेख्यौ हाम्ले
राजनीति नै पढ्यौ
राजनीति मै सूत्यै हाम्ले राजनीति मै हु...
आफ्नै देशका नेता निकम्मा हुँदा नाकाबन्दीमा जनताले दुख पाएको गुनासो उनीहरुले गरे ।

नेपालमा आगो बाल्न विदेशीको सलाई
कस्तो राजनीति गर्यौ,आफ्नै देश जलाई

मजजोडीले नेपालमा जारी जातीय राजनीतिले आपसी सद्भाव विथोलेको प्रहसनबाट प्रष्ट्याए । बाहुनबहादुर र नेवार बहादुरका रुपमा स्टेजमा उत्रेका उनीहरुमध्ये मदनकृष्ण श्रेष्ठ बाहुन बने भने हरिवंश आचार्य नेवार बनेका थिए।
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment