सिएनएन हिरो म्यागीले पत्रकारलाई प्रहरी वोलाएर थुन्ने चेतावनी दिएपछि

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



सुर्खेत, २६ पुस । प्रतिष्ठित पुरस्कार सिएनएन बिजेता म्यागी डोयनले संचारकर्मीलाई दुव्र्यबहार गर्दै प्रहरीलाई भनेर थून्ने चेतावनी दिएकी छिन् । सुर्खेतमा अवस्थित कोपिला भ्याली सेवा समाज सञ्चालन समेत रहेकी सिएनएन हिरो म्यागीले आफ्ना सागी जेव डोलोलोसँग मिलेर दुव्र्यबहार गरेको सुर्खोतका संचारकर्मीहरुले बताएका छन् ।
पछिल्लो समय कोपिला भ्याली स्कुलले कर्मचारीहलाई नियुक्तपत्र नदिइ काम लगाएको, श्रम अनुसारको तलव नदिएको वावुआमा नभएका भन्दै बाबुआमा भएका बालबालिकालाई ल्याएर पढाएको जस्ता आरोप लागेपछि समाचार संकलनका लागी त्यहाँ पुगेका संचारकर्मीलाई दुव्र्यबहार गरेकी थिइन् ।
सोही विषयमा वास्तविकता जान्न कोपिला भ्याली विद्यालय पुगेका एक दर्जन संचारकर्मीलाई डोयन तथा जेवले वास्तविक सुचना दिन इन्कार गर्दै उल्टै थुन्ने चेतावनी दिएको फिल्डमा खटेका पत्रकारहरुले बताएका छन् । कोपिला भ्याली महिला केन्द्रमा काम गर्ने एक जना महिलाले आफूमाथि समाजका अध्यक्ष टोपवहादुर मल्लले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि वास्तविकता बुझ्न गएका संचारकर्मीलाई उनीहरुले हातपातको प्रयास गदै दुर्व्यवहार गरेको उनीहरुकमो दावी छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment