ग्यास सहज हुन थालेपछि उपत्यकामा दाउरा प्रयोगकर्ता घटे

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको चरम अभावले छटपटिएका उपत्यकावासीलाई सरकारले दाउरा वितरण गर्‍यो । चरम अभावका वेला वितरण गरिएको दाउरा निकै उपयोगी साबित भयो। तर, ग्यासको आपूर्ति केही सहज हुन थालेपछि भने दाउराका उपभोक्ता घट्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।
 
नाकाबन्दीपछि १५ लाख ५० हजार किलो दाउरा बिक्री
 
भारतीय नाकाबन्दीका कारण ग्यासको चरम अभाव भएयता उपत्यकामा झन्डै साढे १५ लाख किलो दाउरा खपत भएको छ । 
टिम्बर कर्पोरेसनका अनुसार २९ कात्तिकयता १५ लाख ४७ हजार तीन सय ४५ केजी दाउरा वितरण गरिएको छ । ग्यासको चरम अभाव भएपछि सरकारले २९ कात्तिकदेखि वैकल्पिक इन्धनका रूपमा उपत्यकामा दाउरा वितरण थालेको हो ।
 
सवा दुई लाख किलो दाउरा बाँकी
 
टिम्बर कर्पोरेसनका अनुसार विभिन्न जिल्लाबाट १७ लाख ६४ हजार नौ सय २५ केजी दाउरा उपत्यका ल्याइएको थियो । त्यसमध्ये हालसम्म १५ लाख ४७ हजार तीन सय ४५ केजी दाउरा वितरण गरिएको हो । कर्पोरेसनसँग अझै दुई लाख १७ हजार पाँच सय ७९ केजी दाउरा बाँकी छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment