आफूखुसी ग्यास बेच्दै उद्योग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नेपाल आयल निगम र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई वितरण नदिई ११ वटा उद्योगले आफूखुसी उपभोक्तालाई ग्यास बेचेको पाइएको छ। कारोबार दैनिकमा समाचार छ। 
 
विभिन्न भन्सार कार्यालयहरुबाट जाँचपास गराई बुलेट छुटाएको देखाइए पनि ती उद्योगले कुन कुन डिलरमार्फत ग्यास वितरण गरेको भन्ने विवरण दिएका छैनन्।
 
विवरण नपठाउनेमा सरकारी कम्पनीबाट ट्रेडिङ कर्पोरेसनको एसटीटी ग्यास पनि छ। एसटीसीले एक साताको विवरण नपठाइएको निगमले जनाएको छ। 
 

धादिङको नमस्ते ग्यास उद्योग, धादिङकै श्रीमाया ग्यास उद्योग, बनेपाको चण्डी  र सूर्य ग्यास उद्योग, धादिङका लोकप्रिय, तारा, त्रिवेणी, गीता र वीरगन्जको मनोज र पोखराको गृहलक्ष्मी ग्यास उद्योगले पनि उपभोक्तालाई वितरण गरेको ग्यासको विवरण निगमलाई बुझाएका छैनन्। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment