नायबको उत्कृष्ट पारीसँगै अफगानिस्तानले सिरिज जित्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Afghanistan
२३ पुस, काठमाडौं । गुलबदीन नायबको उत्कृष्ट पारीको मदतमा पाँचौ एकदिवसीयमा २ विकेटको जित हात पार्दै अफगानिस्तानले जिम्बाबेविरुद्धको सिरिज ३-२ ले जितेको छ । यससँगै अफगान एकदिवसीय र्‍याङ्किङको टप १० मा कायमै रहने भएको छ
सुरुवाति दुई खेल जितेको अफगानिस्तानले तेस्रो र चौथो एकदिवसीय हारेको थियो । र, एकदिवसीय र्‍याङ्किङको टप १० मा कायमै रहन अन्तिम खेल जित्नै सिरिज जित्नै पर्ने दबाव थियो ।
यूएईको सारजाह क्रिकेट स्टेडियममा जिम्बाबेले जितका लागि अफगानिस्तानसामू २४९ रनको लक्ष्य प्रस्तुत गर्‍यो । अफगानले नायबको उत्कृष्ट पारीको मद्दतमा अन्तिम २ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
अफगानिस्तानको जितमा नाबीले महत्वपूर्ण पारी खेले । ६८ बलको सामना गरेका उनले ६ छक्का र ३ चौकाको मदतमा अविजित ८२ रन बनाए । यो उनको अन्तराष्ट्रिय करियरकै सबैभन्दा राम्रो इनिङसमेत हो ।
अन्तिम ओभरमा अफगानलाई १० रन चाहिएको अवस्थामा नायबले पहिलो बलमा २ रन लिए । दोस्रो बल बाइड गयो र भने अर्को बलमा नायबले चौका हाने । तेस्रो बलमा दुई रन जोड्दै स्ट्राइक आफैंसँग राखेका उनले चौथो बलमा छक्का हान्दै अफगानिस्तानलाई जित दिलाए ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले हृयामिल्टन मसकदजा अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर २४८ रन बनाएको थियो । उसका लागि हृयामिल्टन मसकदजाले ११० रन बनाए ।
२३ पुस, काठमाडौं । गुलबदीन नायबको उत्कृष्ट पारीको मदतमा पाँचौ एकदिवसीयमा २ विकेटको जित हात पार्दै अफगानिस्तानले जिम्बाबेविरुद्धको सिरिज ३-२ ले जितेको छ । यससँगै अफगान एकदिवसीय र्‍याङ्किङको टप १० मा कायमै रहने भएको छ ।
सुरुवाति दुई खेल जितेको अफगानिस्तानले तेस्रो र चौथो एकदिवसीय हारेको थियो । र, एकदिवसीय र्‍याङ्किङको टप १० मा कायमै रहन अन्तिम खेल जित्नै सिरिज जित्नै पर्ने दबाव थियो ।
यूएईको सारजाह क्रिकेट स्टेडियममा जिम्बाबेले जितका लागि अफगानिस्तानसामू २४९ रनको लक्ष्य प्रस्तुत गर्‍यो । अफगानले नायबको उत्कृष्ट पारीको मद्दतमा अन्तिम २ बल बाँकी छँदा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
अफगानिस्तानको जितमा नाबीले महत्वपूर्ण पारी खेले । ६८ बलको सामना गरेका उनले ६ छक्का र ३ चौकाको मदतमा अविजित ८२ रन बनाए । यो उनको अन्तराष्ट्रिय करियरकै सबैभन्दा राम्रो इनिङसमेत हो ।
अन्तिम ओभरमा अफगानलाई १० रन चाहिएको अवस्थामा नायबले पहिलो बलमा २ रन लिए । दोस्रो बल बाइड गयो र भने अर्को बलमा नायबले चौका हाने । तेस्रो बलमा दुई रन जोड्दै स्ट्राइक आफैंसँग राखेका उनले चौथो बलमा छक्का हान्दै अफगानिस्तानलाई जित दिलाए ।
यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले हृयामिल्टन मसकदजा अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर २४८ रन बनाएको थियो । उसका लागि हृयामिल्टन मसकदजाले ११० रन बनाए ।
- See more at: http://www.onlinekhabar.com/2016/01/372077/#sthash.laffUWDZ.QLa7y9Bs.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment