पृथ्वी जयन्ती मनाउन माग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (समानान्तर) ले पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारसँग माग गरेको छ। 
 
राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै हरेक पुस २७ गतेको दिनलाई राष्ट्रिय महत्वको दिनका रुपमा ग्रहण गर्दै, सरकारीस्तरबाट पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउन माग गरेको हो । 
 
शाहको आगामी २७ गते २९४औँ जन्मजयन्ती परेको छ । 
 
पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले राष्ट्रिय एकता र अखण्डताका धरोहर पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने क्रममा सरकारबाट सो दिन बिदा घोषणा गर्न समेत माग गरेको बताए। रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment