पार्टीका विद्यार्थी नेतासित भागिन् विप्लवकी छोरी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

जनवादी विहे गर्न चाहन्थेँ, तर परिवारले दिएनः दुलाहा 
१४ माघ, काठमाडौं । विप्लव माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दकी एक्ली छोरी सञ्जु चन्दले कलिलै उमेरमा बिहे गरेकी छिन् । तस्वीर हेर्दा मागि विहेजस्तो देखिन्छ, तर उनले ‘परिवारको सहमति बेगर’ भागेर विहे गरेकी हुन् । 
Binod-And-Sanju-jodi
अमृत साइन्स क्याम्पसमा बिएसस्सी पढ्दै गरेका सुनसरी निवासी विनोद लुईंटेलसित विप्लवपुत्री सञ्जुको लामो समयदेखि प्रेम थियो । विप्लव माओवादीनिकट अखिल क्रान्तिकारीका अस्कल अध्यक्ष हुन् विनोद ।
उनको विप्लवसित व्यक्तिगत सम्वन्ध राम्रो थियो । तर, विवाहका लागि अनुमति नपाएपछि आफूहरु भागेको विनोदले अनलाइनखबरसित बताए । करिब १५ दिन अगाडी सञ्जुलाई मोटरसाइलमा राखेर विनोदले धरान पुर्‍याएका थिए ।
विप्लवकी छोरीलाई बुहारी बनाएर भित्र्याउन केटापट्टीका परिवारको भने पूर्ण समर्थन थियो । यद्यपि, विवाहमा आफ्नो बुवा र आमा भने उपस्थित नरहेको विनोदको भनाइ छ । ‘मैले पनि बोलाइनँ, उहाँहरु पनि आउनुभएन’ उनले भने ।
धरानस्थित विनोदका परिवारको पुख्र्यौली घरमा गत २ माघका दिन विवाह सम्पन्न भएको थियो । विवाहमा सिन्दुर-पोते र कन्यादानका प्रक्रियाहरु भए पनि आगो बालेर जग्गे भने नबनाइएको विनोद बताउँछन् । आगन्तुकहरुको संख्या थोरै रहेको र खासै भोजभतेर पनि नगरिएको उनले दाबी गरे ।
आफूले पार्टीको सिद्दान्त अनुसार जनवादी बिहे गर्न चाहे पनि पारिवारिक वाध्यताले परम्परागत बिहे गर्नुपरेको विनोदले बताए । विनोदका बुवा र आमा दुवै काठमाडौंमा व्यापार गरेर बस्छन् । हजुरआमा कृष्ण प्रणामी हुन् । ‘मेरी हजुरआमा धार्मिक प्रवृत्तिको हुनुहुन्छ,’ उनले भने, ‘उहाँको मन दुखाउन सकिनँ । उहाँकै जोडबलमा परम्परागत विहे गरेको हुँ ।’
विप्लव माओवादीका एक विद्यार्थी नेताले ‘लाल जोडी’ भन्दै विवाहको तस्वीर फेसबुकमा पोस्ट गरेका छन् । तस्वीरमा बेहुलीले झपक्क गहना लगाएको देखिन्छ ।
क्रान्तिकारी नेताका छोरीको यस्तो विवाहका विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । विनोदले भने विप्लवलाई यसमा नमुछ्न आग्रह गरे । ‘मेरो पारिवारिक वाध्यताले गरगहना लगाउनु परेको हो, यसमा उहाँलाई नमुछ्दा ठिक होला’ उनले भने ।
विप्लवका दुई छोरा र एक छोरी छन् । जेठा छोरा प्रकाश चन्द चितवन मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत छन् भने कान्छा छोरा नरेन्द्र चन्द काठमाडौंको एक नीजि क्याम्पसमा पढ्छन् ।
२० वर्ष पनि नपुगेकी सञ्जुले प्लस टु मात्रै सिध्याएकी छिन् । दाजु प्रकाशमार्फत सञ्जुको विनोदसित चिनजान भएको थियो । प्रकाशले अस्कलमा पढ्दा विनोद उनका साथी थिए ।
अखिल क्रान्तिकारीका नेताा नवराज र रियाको  जनवादी विवाह
अखिल क्रान्तिकारीका नेताा नवराज र रियाको जनवादी विवाह 
प्रकाशलाई भेट्न उनको घरमा आउजाउ गर्दा विनोदको सञ्जुसित सम्वन्ध झांगियो र दुवै जना प्रेममा परे । सञ्जु फोनमा घन्टौं झुण्डिएर बस्न थालेपछि परिवारलाई थाहा भयो । तर, विवाहका लागि विप्लवले स्वीकारोक्ति दिएनन् ।
बिहे लगत्तै विनोदले ससुरालाई फोन गरेर सम्झाइ-बुझाइ गरेका छन् । उनले भने-‘बुवाले अलिकति चित्त दुखाउनुभयो । जानुअघि सोधेको भए हुन्थ्यो भन्नुभयो । तर, मैले आफ्नो वाध्यता सम्झाएपछि उहाँ पनि कन्भिन्स हुनुभएको छ । सायद मैले पहिले नै उहाँलाई राम्रोसित सम्झाउनुपर्ने रहेछ ।’
विवाहपछि पनि राजनीतिमा पहिलेजस्तै क्रियाशील हुने विनोदको योजना छ । उनी भन्छन्, ‘म अहिले पनि पार्टीप्रति प्रतिवद्ध कार्यकर्ता नै हुँ । फुलटाइम राजनीतिमै संलग्न हुनेछु ।’
माओवादी शान्तिप्रक्रियामा आएपछि २०६४ सालदेखि विनोद माओवादीमा लागेका हुन् । उनका दुई भाइ छन् । आफ्नो परिवारमा अरु कोहि पनि राजनीतिमा नलागेको उनले बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment