बद्री पंगेनीको निस्कर्षः नयाँ शक्तिले गरी खाँदैन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

badri-pangani
काठमाडौं । डा. बाबुराम भट्टराईको नयाँ शक्तिको वारेमा चर्चा-परिचर्चा खुब सुनेका छन् गायक । तर, नयाँ शक्तिले गरिखाला जस्तो लागेको छैन उनलाई ।
बद्री भन्छन्, ‘बाबुरामजीमा नेतृत्व गर्ने क्षमता छ जस्तो लाग्दैन । उहाँको मनमा पाप छैन । तर हतारमा निर्णय गर्नु हुन्छ ।
बाबुरामलाई प्राविधिक ज्ञान भएको व्यक्तिका रुपमा बुझेका उनले विकासको काम गरेको भए बाबुराम सफल हुनसक्ने धारणा राखे । त्यस्तो ज्ञान भएको मान्छेले राजनीति छाडेर देश बनाउने अभियान सुरु गरेको भए मुलुकका लागि ठूलो योगदान हुन्थ्यो,’ उनले भने ।
नयाँ शक्तिमा गएका कलाकर्मीहरुलाई शुभकामना दिएका पंगेनीले आशावादी भए पनि भर चाँहि नपर्ने बताए । जो-जो जानु भएको छ शुभकामना दिन्छु तर, काम गर्न सक्नुहोला जस्तो लाग्दैन,’ उनले भने ।
ओलीका सल्लाहकार गतिलो भएनन्
ओली सरकार अप्ठ्यारो स्थितिमा बनेको भन्दै यसबाट त्यति धेरै अपेक्षा गर्नु नहुने बताउछन् पंगेनी । तर, जति काम गर्न सक्थ्यो त्यो पनि गर्न नसकेको देख्दा सल्लाहकार गतिलो नभएका हुन् कि जस्तो लागेको छ उनलाई ।
प्रधानमन्त्री ओलीले समृद्धिको सपना देखाउनु राम्रो भएपनि योजनाको चाङ मात्रै धेरै भएपछि आलोचना भएको उनको धारणा छ । एउटा योजना कार्यान्वयन गरेर अर्को योजना बनाएको भए राम्रो हुन्थ्यो । यो सरकारले योजनाको चाङ लाउने मात्रै काम गर्‍यो । त्यसकारण जनताले धेरै आलोचना गरे,’ उनले भने ।
गोली किन निर्दोषलाई ?
मधेश आन्दोलनकै क्रममा बिराटनगरको रंगेली घटनामा प्रहरीको गोलीबाट तीन मारिए । लोकगायक बद्री पंगेनी प्रश्न गर्छन् गोली किन निर्दोषलाई मात्रै लाग्छ ?’
यसअघि पनि कतिपय आन्दोलनमा निर्दोष सर्वसाधारण मारिएको घटनाले दुःखी बनाउने गरेको रहेछ उनलाई । उनी भन्छन्, ‘लोकतन्त्रमा हरेकलाई सभ्य आन्दोलन गर्ने छुट हुन्छ । तर, प्रहरी किन निर्दोषको टाउको ताकेर गोली हान्छ ?’
मधेशी समुदायलाई राज्यले विभेद गरेको अनुभव गरेका यी कलाकार भन्छन्, ‘हो राज्यले मधेशीलाई विभेद गरेको छ यसमा कुनै शंका छैन ।तर, यसपालीको आन्दोलनमा पनि वास्तविक पिडितहरु छाँयामा परेको अनुभव गरेका छन् उनले ।
उनलाई डर छ फेरि पनि आन्दोलनको जस मधेशका सामान्तहरुले मात्रै पाउने त हैनन् । मधेशका वास्तविक पीडितलाई अधिकार दिन धेरै ढिला भईसकेको बताए उनले ।
आफु यो देशको साझा कलाकार भएपनि मधेशको कलाकार हुन नसकेको स्वीकारे । हो म मधेशको कलाकार हुन सकेको छैन । मेरा धेरै गीतमा पहाडीया लवज आउछ तर, मधेशीले राखेको जायज मागप्रति मेरो पुरै समर्थन छ ।
पारिश्रमिक घट्यो
भुकम्प र त्यसपछिको नाकाबन्दीका कारण कलाकारहरु पनि खुबै प्रभावित बनेका छन् । पछिल्लो समययता कलाकार पारिश्रमिक पनि घटेको छ ।
कतिपय महोत्सब आयोजकहरुले नकाबन्दीको कारण भन्दै पारिश्रमिकको दर घटाएका छन् । उनलाई पारिश्रमिक घटेकोमा गुनासो भने छैन । भन्छन् जब मुलुककै अर्थतन्त्र ठप्प छ भने मैले पनि अलिकति कम लिंदा के फरक पर्छ र ?’ उनले भने । आन्दोलनकै सेरोफेरोमा उनले स्वाधिनता सम्बन्धी गीत पनि गाएका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment