फाल्गुनन्द गोल्डकपमा आज फिदिम र्स्पोटिङ क्लव र माइभ्याली क्लव इलाम भिड्दै

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



Phalgunanda-gold-cup
२६ पुस, पाँचथर । फाल्गुनन्द गोलकप प्रतियोगिता अन्तरगत आइतबार आयोजक फिदिम स्पोर्टिङ क्लव फिदिम र माईभ्याली क्लव इलामबीच प्रतिश्पर्धा हुँदैछ ।
पाँचथरको फिदिममा शनिवारबाट सुरु भएको सातौ फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा काम्रान फुटवल क्लव सिक्किमले बिजय सुरुवात गरेको छ । बिराट स्पोर्ट एकेडेमी मोरङसँगको पहिलो खेलमा सिक्कमले बिजय सुरुवात गरेको हो ।
फिदिम खेलमैदानमा जारी खेलमा निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राईब्रेकरमा धकेलीएको थियो । ट्राईब्रेकरमा मोरङ ४ दुई गोल अन्तरले पराजित भएको हो ।
ट्राईब्रेकरमा मोरङका दुई मात्र खेलाडीले गोल गरेका थिए भने सिक्किमका ४ जना खेलाडीले गोल गरेका थिए । निकै प्रतिश्पर्धात्मक आकलन गरिएको शनिवारको खेलमा सुरु देखिनै मोरङले सिक्किमलाई दवाममा राखेको थियो ।
यसैबिच गोल्डकपको उद्घाटन अखिल नेपाल फुटबल संघका कार्यभाक अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए ।
२७ गतेको खेलमा बिर्तामोड युनाईटेड र केएसएस ताप्लेजुङ भिड्दा २८ गते एपिएफ पुर्वाञ्चल र चर्चवाईज काठमाण्डौ भिड्ने आयोजक संस्थाका महासचिव पासाङ तामाङले जानकारी दिएका छन । प्रतियोगिताको सेमिफाईनल २९ र ३० गते हुनेछ ।
माघ एक गते सास्कृतिक कार्यक्रम परेकाले एक दिन खेल स्थगित गरिएको छ । साँस्कृतिक कार्यक्रममा मेलिना राई, धिरज राई, बादल लिम्बु, लगायतका राष्ट्रिय कलाकारको प्रश्तुती रहने छ ।
प्रतियोगिताको फाईनले खेल माघ २ गते हुनेछ ।
प्रतियोगिताको बिजयी टिमले नगद १ लाख ११ हजार १ सय ११ रुपैया, उप बिजेताले ५५ हजार ५ सय ५५ रुपैयाका साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
पहिलो पुरस्कारको प्रायोजन पाँचथर कोरिया सम्पर्क मञ्चले गर्ने तय भइसकेको छ भने द्धितिय पुरस्कार पुर्व खेलाडी संगम राईले गर्ने बताईएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment