मोर्चाका ११ बुँदे मागबारे कार्यदलस्तरमा छलफल हुने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा प्रमुख तीन दल र आन्दोलनरत मोर्चाको कार्यदलस्तरमा छलफल हुँदैछ। यसअघि हिजो बस्ने भनिएको कार्यदलको बैठक नेताहरुको व्यस्तताका कारण स्थगित भएको वैठक आइतवार बस्न लागेको हो। 
 
कार्यदल गठन भएपछि मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा छलफललाई तिब्रता दिदै आएको कार्यदलमा आइतवार पनि छलफल हुने कांग्रेस केन्द्रीय सदस्य एवम् कार्यदल सदस्य महेश आचार्यले जानकारी दिए। 
 
यसअघि भएको कार्यदलस्तरको छलफलमा राजनीतिक संयन्त्रमार्फत प्रदेश सिमाकंनको टुंगो लगाउने विषयमा मोर्चा सकारात्मक देखिएपनि सहमति भने जनाइसकेको छैन।  
 
मोर्चाले आफूहरुले उठाएका ११ बुँदे मागबारे छलफल भएपनि प्रमुख तीन दल माग सम्बोधन गर्ने विषयमा गम्भीर नदेखिएको आरोप लगाउँदै आएको छ।  
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment