खेलाडीको स्वागतमा विमानस्थलमा यसरी उर्लियो मानवसागर (भिडियो सहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौं, ९ माघ । बंगबन्धु गोल्डकप फुटबलको उपाधि चुमेर नेपाली खेलाडीहरु शनिबार स्वदेश फर्किएका छन् । बंगलादेशको बंगबन्धु रंगशालामा बिमल घर्ती, विशाल राई र नवयुग श्रेष्ठको गोलबाट उपाधि चुमेर नेप ाली फर्किको टोलीको स्वागतमा अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार, खेलाडी तथा अन्य शुभचिन्तकको ठूलो उपस्थिती रहेको थियो । खेलाडहिरुले एकआपसमा खुशी साटासाट गरेका छन् ।
राष्ट्रिय झण्डा र बाजा गाजासहितको टोलीले खेलाडीलाई विमानस्थलमा स्वागत गरेका छन् । राष्ट्रिय झण्डा, फूलमाला र खादा बोकेका समर्थकहरुले नेपाली खेलाडीहरुको स्वागतमा नारा लगाइरहेका छन् । खेलाडीहरुलाई त्रिभुवन विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, नयाँबानेश्वर हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर अभिनन्दन गरिने भएको छ ।
नेपालले २३ वर्षपछि अन्तराष्ट्रिय फुटबलको उपाधि जितेर इतिहाँस रच्न सफल भएको हो । यसअघि नेपालले १९९३ मा साफ गेम्समा स्वर्ण जितेको थियो । नेपालका राष्ट्रिय टिममा आवद्ध सागर थापा लगायतका अन्य खेलाडीहरु म्याच फिक्सिगंको आरोपमा परेर धरापमा परेको नेपाली फुटबललाई शुक्रबारको यो ऐतिहाँसिक बिजयले केही माथि उठाउने निश्चित छ । भिडियो  केहिबेरमा 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment