आज रातभरि राजेश हमाललाई निर्दा नलाग्ला

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

नङमा कालो पोलिस र नाडीमा एक दर्जन चुरा लगाएको आफ्नो हात हेर्दै अभिनेता राजेश हमालले सकुन्तला फिल्मको सुटिङमा आफूलाई महिलाको रुपमा ढलिरहँदा यसो भने–‘मैले यादै गरेको रहेनछु। पलिस र चुरा लगाएपछि मेरा हात मेरी आमाको जस्तै देखिने रहेछ।’ सिंगारपटार र साडी चोलोले सजिएपछि बाहिर निकल्दै गर्दा उनले महिला हुनु सजिलो काम होइन रहेछ पनि भने।
 
फिल्मका पर्दामा अन्यायका विरुद्ध लड्ने चरित्रलाई पर्दामा थुप्रै पटक उतारेका हमाललाई थाहा छ कि बास्तविक जीवनमा ति थिचोमिचो, अन्याय र व्यवास्ताका भोगाइहरु कठिन हुन्छन्। बैशाख १२ गते गएको विनाशकारी भूकम्पले कैयौँ नेपालीहरुको छानो खोसी दियो। हिउँद बर्खा टाउको लुकाउने घरहरु क्षणभरमै माटोका थुप्रा बने। उनीहरु टाउको माथि आकाशको छतमात्र बाँकी रह्यो। यो खुल्ला आकाशको छतले तिनीहरुको न बर्खा छेकेथ्यो न यो हिउँद छेक्छ।
 
बर्खामा बाढीपहिरोको त्रासमा रातदिन विताएका उनीहरु अहिलेको पुसको मध्य जाडोमा कठ्यांग्रिदै विहान झुल्कने घामको प्रतिक्षामा रात काट्छन्। यसरी विहानको घामको प्रतिक्षा गर्ने कतिले त अत्याधिक चिसोका कारण ‘हाइपरथर्मिया’ भएर ज्यान पनि गुमाइरहेका छन्। पीडितहरुलाई यो सरकार पनि पुसको रात जत्तिकै चिसो छ जस्तो लाग्दो हो। किनकी भूकम्पमा घाम पानी चिसोबाट जोगाउने घर सिद्धियो । आङमा लगाउने न्याया लुगाहरु छैनन्।हेर्ला कि भनेको सरकारको कुनै अत्तोपत्तो छैन। तैपनि उनीहरुको मनमा सरकारले केही गर्छ कि भन्ने आशाको एउटा सानो बत्ति भने अझै धिपधिपाई रहेछ।
 
यो जाडोमा पाल र शित चुहिने टहरामूनिको जीवन साँच्चै कष्टकर छ। सायद आजको रात अभिनेता हमालले पनि यस्तै अनुभव गर्नेछन्। हमाल आज सिन्धुपाल्चोक पुगेका छन्। बीबीसी नेपाली सेवाको एक कार्यक्रमका शिलशिलामा त्यहाँ पुगेका हमाल भूकम्पपीडितहरु जसरी रात काट्छन् त्यसैगरी बस्ने कार्यक्रम छ।  
 
केही समय अगाडि नेपाली समाजमा छुवाछुतको अवस्था के छ? र त्यसको मारमा परिरहेका दलितहरुको पीडा कस्तो हुँदो रहेछ अभिनेता हमालले नजिकबाट नियालेका थिए। हमाल त्यतिबेला नेपाली समाज अझै यो अवस्थामा रहेकोमा आश्चर्यचकित र दुखी भए। एउटा मान्छेले अर्को मान्छेलाई गर्ने व्यवहार साँच्चै समाजको कलंक भएको उनको ठम्याई थियो। यसलाई परिवर्तन गर्नुपर्छ भन्ने उनको मान्यता थियो।
 
तिनै हमाल आज एउटा नयाँ अनुभवसँग साक्षात्कार हुँदैछन्। सिन्धुपाल्चोकको एउटा गाउँमा भूकम्पपीडितसँगै उनले रात विताउने छन्। यो उनका लागि जाडोमा भूकम्पपीडितहरुले कस्तो खालको पीडा भोगिरहेछन् भन्ने अनुभव गर्नेछन्। यो अनुभवबाट उनले छुवाछुतको जस्तै सामान्य नेपालीहरुले भोग्ने दुख पीडा कस्तो हुँदो रहेछ थाहा पाउनेछन्। यो अनुभवपछि हमालले दिने प्रतिक्रिया हमालको नभई कठ्यांग्रिदो रातमा विहानको पारिलो घामको आशामा रात विताउनेहरुको हुनेछ। 
 
सायद हमालका लागि यो रात हिजो महिला बनेभन्दा कठिन होला। उनलाई पनि यो चिसो बेसकरी लाग्ला, चिसोले उनको मुटु पनि कठ्यांग्रिएला। चिसोले रातभरि सुत्न नसक्लान् अनिदोमै उनको रात बित्ला। रातभरिको यस्तो भोगाइले आउने उनको प्रतिक्रियामा पीडितहरुको पीडाहरु सजिब होलान्। यत्रा दुखकष्ट देखेर पनि आफ्नै फोहोरी राजनीतिका कारण पीडितहरुलाई पिल्स्याइरहेको यो सरकारलाई यसले लाज लागोस्। यो सरकारको घैटामा घाम लागोस्। आज रातभरि हमाललाई निद्रा नलाग्ला।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment