सप्तरीको बथनाहामा कांग्रेसको अधिवेशन स्थगित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Congress-Flag

जिल्लामा सुनसान, अधिवेशन बिथोल्ने मोर्चाको चेतावनी 
१५ माघ, सप्तरी । मुुख्य राजनीतिक दल नेपाली कांग्रेसको गाउँ तथा नगर वडास्तरीय अधिवेशन आज देशव्यवापीरुपमा हुँदैछ । तर, मधेसका ८ वटा जिल्लालाई भने सुरक्षाको दृष्टिले संवेदनशील मानिएको छ भने हिमाली जिल्लामा पनि हिमपातका कारण अधिवेशनमा अवरोध आउने देखिएको छ । 


मधेस आन्दोलन चलिरहेको सप्तरी जिल्लामा पनि कांग्रेसले अधिवेसनको तयारी गरेको छ । तर, मधेसी मोर्चाका जिल्ला स्तरीय नेताहरुले अधिवेशन बिथोल्ने धम्की दिएका छन् ।
सप्तरीका पाँच नगरपालिकाका सबै वडा तथा ९१ गाविसमा एकैसाथ अधिवेशन गर्ने कांग्रेसको लक्ष्य छ । तर, आन्दोलनरत मधेसी मोर्चाले गाउँमा अधिवेशन नगर्न आग्रह गरेको छ ।
मधेसी मोर्चाका जिल्ला प्रवक्ता समेत रहेका सदभावनाका केन्द्रीय सदस्य अमरनाथ मण्डलले अधिवेशन नगर्न आग्रह गरिसकिएको अवस्थामा गरे आफूहरुले बिथोलिदिने बताए ।
अधिवेशन सफल हुने दाबी, तर जिल्लामा सुनसान
मोर्चाका नेताले अधिवेशन विथोल्ने चेतावनी दिए पनि नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश यादव भने मोर्चाले यस्तो काम गर्न नसक्ने बताएका छन् । ‘मोर्चाले अराजनीतिक काम गर्दैन भन्ने विश्वास छ,’ यादवले भने- ‘हाम्रो अधिवेशन सफलतापूर्वक सम्पन्न हुनेमा हामी ढुक्क छौं ।’
जिल्ला सभापति यादवले भनेजस्तै अवस्था भएको भए कांग्रेसले शुक्रबार बिहानैदेखि धेरै गाविसमा अधिवेशनको रमझम सुरु भइसकेको हुनुपथ्र्याे । तर, बिहान अबेरसम्म सप्तरीका कुनै पनि गाविस या नगरपालिकाका वडाहरुमा अधिवेशनको चलह पहल देखिएको छैन ।
जिल्लाको बथनाहा गाविसमा त कांग्रेसले अधिवेशन नै स्थगित गरेको छ । बुथ समिति सभापति जगदेव यादवले मोर्चा कार्यकर्ताको आग्रहमा अधिवेशन स्थगित गरिएको अनलाइनखबरलाई बताए ।
जिल्ला सदरमुकाम राजविराजको १० वटै वडामा आजै अधिवेशन हुने कांग्रेसले तय गरेको छ । यसका लागि ठाउँहरु पनि निर्धारण गरिएका छन् । वडा नम्बर १ को अफिसर्स क्लव, २ को चनौरा टोल, ३ को केन्द्र नम्बर ३ विद्यालय, ४ को केअमावि सहितका ठाउँमा अधिवेशन हुने जनाइए पनि ती स्थलहरु अहिलेसम्म सुनसान नै रहेका छन् ।
सबैभन्दा बढी आन्दोलन हुने जिल्लाको भारदहमा कांग्रेसीभन्दा मोर्चाका नेता, कार्यकर्ता सक्रिय देखिएका छन् । यहाँका कांग्रेसीहरुले कार्यक्रम गर्ने बताए पनि यहाँ अधिवेशन हुने स्थिति देखिएको छैन ।
जिल्लाको रुपनी, कञ्चनरुप नगरपालिका, हनुमाननगर सहितका ठाउँहरुमा अहिलेसम्म अधिवेशन शुरु भएको सूचना प्राप्त हुन सकेको छैन ।
कांग्रेसले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरीबाट प्रत्यक्षतर्फ दुई सीट पाएको छ । क्षेत्र नम्बर ५ बाट तेजुलाल चौधरी र क्षेत्र नम्बर ६ बाट सुरेन्द्र यादव निर्वाचित भएका थिए । तर, यी क्षेत्रका नगरका वडा तथा गाविसहरुमा पनि अधिवेशन शुरु अथवा सम्पन्न भएको सुनिन सकिएको छैन ।
मोर्चाले अवरोध गर्ने र कांग्रेसले अधिवेशन गर्ने जनाइरहँदा सप्तरीमा सुरक्षा सतर्कता बढाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरी प्रशासन सतर्क रहेको बताए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment