वीरगञ्ज नाकाबाट गाडीहरु ओहोर- दोहोर हुन थाले

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


१५ माघ, काठमाडौं । वीरगञ्जस्थित नेपाल-भारत सीमा नाकाबाट शुक्रबार सबेरै मालवाहक गाडी ओहोर-दोहोर भएका छन् । बिहान नौ बजेसम्म भारतबाट पाँचवटा गाडी नेपाल भित्रिएका र नेपालबाट चारवटा गाडीहरु भारत गएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार मितेरी पूलमा धर्नाकारीहरु न्यून संख्यामा छन् । ‘बिहान गाडी आवत-जावत हुँदा चार-पाँच जना मात्रै थिए, उनीहरुले कुनै अवरोधको प्रयास गरेनन्,’ घिमिरेले अनलाइनखबरसित भने ।
भारतबाट आएका गाडीहरु पहिल्यै भन्सार क्लियर भएर बसेका थिए, ती गाडीमा मेसिनरी औजारहरु छन् ।
नाका खुकुलो भए पनि भारतीय पक्षबाट यस विषयमा कुनै औपचारिक जानकारी नआएको सिडिओ घिमिरेको भनाइ छ । उनले भने- ‘नाका खुकुलो भएपछि हामीले व्यापारीहरुलाई गाडी छिराउनका लागि भारतीय पक्षसित ताकेता बढाउन भनिरहेका छौं ।’
शुक्रबार आफूले भारतीय पक्षसँग कुराकानी गर्ने र नाकालाई थप सहज बनाइने प्रजिअ घिमिरेले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकारहरुसित एक-दुई दिनमै वीरगञ्ज नाका खुल्ने दाबी गरेका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment