सरकार र मुस्लिम संघर्ष गठबन्धनवीच वार्ता हुने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सरकार र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनवीच वार्ता हुँदैछ । प्रधानमन्त्री केपी ओलीले गठवन्धनलाई वार्तामा आउन आह्वान गरेपछि गठबन्धन वार्तामा आउन सहमत भएको हो । 
 
मुस्लिम संघर्ष गठबन्धनसँग आइतवार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवा६ारमा  बार्ता हुन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।
 
यसअघि प्रधानमन्त्री ओलीले गत शुक्रवार गठबन्धनका संयोजक समिम अन्सारीलाई लिखित पत्र पठाएर वार्तामा आउन आग्रह गरेका थिए। वार्तामा गठबन्धनले उठाएका मागका विषयमा छलफल हुने दाहालले जानकारी दिए। 
 
प्रधानमन्त्री ओलीले गठबन्धनलाई पठाएको पत्रमा मागहरु वार्ता र संबादबाटै सम्बोधन गर्न सकिने उल्लेख छ। 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment