मधेसी मोर्चामा देखियो फुटको संकेत, आन्दोलन धरापमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

काठमाडौँ, १३ माघ । ६ महिनायता जारी मधेस आन्दोलनको मुख्यवाहक मधेसी मोर्चाभित्र असमझदारी चुलिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद््द चार दलमध्ये संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव ‘संघीय गठबन्धन’ को वकालत गरिरहेका छन् भने सद्भावना अध्यक्ष राजेन्द्र महतो ‘मधेसी महागठबन्धन’ को वकालत गरिरहेका छन् ।
दुई दिनअघि राजधानीमा सकिएको फोरम केन्द्रीय कार्यसमिति बैठकमा यादवले राजनीतिक प्रतिवेदनमै मधेस–पहाड जोड्ने गरी संघीय गठबन्धन गठन गर्नुपर्ने प्रस्ताव गरे । अघिल्लो र्वा निर्मित संघीय गठबन्धनमा यसअघि नै चार मधेसी र पाँच पहाडी जनजाति पार्टी आवद्द छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
यादवले संघीयता पक्षधरको गठबन्धनमार्फत आन्दोलन अघि बढाउने जानकारी दिए । यादवद्वारा प्रस्तावित गठबन्धनमा मधेसी मोर्चाका चार दलसहित पहाड केन्द्रित लिम्वूवान पार्टी, भर्खरै नयाँ शक्तिमा आवद्द नेपाः राष्ट्रिय पार्टी, पासाङ शेर्पाका सामाजिक लोकतान्त्रिक पार्टी , पर्शुराम तामाङको संघीय गणतान्त्रिक जनमुक्ति पार्टीलगायत छन् 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment